Comments Add Comment

मेलम्चीमा राहत वितरणमा लफडा ! बाढीपीडित बसेको ठाउँमा प्रवेश निषेध

६ असार, मेलम्ची । राहत वितरण गर्न जानेले एक बोरा चामल दिएको पनि फोटो खिच्न थालेपछि सिन्धुपाल्चोक मेलम्चीवासीले असन्तुष्टि जनाएका छन् ।

बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा घम्साघम्सी नै भयो । पार्टीको ब्यानर राखेको भन्दै स्थानीयले विरोध जनाए । स्थानीयले पार्टीको ब्यानर पनि च्यातिदिए ।

स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै हस्तक्षेप गर्नुपर्‍यो। विवाद भएपछि हाल बाढी पीडितलाई राखिएको इन्द्रेश्वरी माविमा पीडितबाहेक अन्यलाई प्रवेश निषेध गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले अनलाइनखबरलाई बताए ।

मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल पनि राहत वितरणलाई व्यवस्थित गर्न खोजिएको बताउँछन् ।

‘वडाध्यक्षमार्फत पीडितको यकिन विवरण संकलन गरिरहेका छौं,’ उनले भने, ‘विवरण आएपछि पीडितलाई अस्थायी परिचय पत्र दिएर वितरण गर्ने तयारी छ ।’ त्यही कार्डको आधारमा विद्यालयबाट उनीहरुलाई आउजाउ गर्न पनि दिने उनले बताए ।

‘भर्खर मनसुन सुरु हुँदैछ, कम्तिमा ३ महिना घर फर्किन सक्ने अवस्था छैन,’ उनले थपे, ‘त्यही भएर व्यवस्थित गर्न खोजिएको हो ।’

अब जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिमार्फत राहत वितरण गरिने प्रजिअ पोखरेल बताउँछन् ।

यो पनि पढ्नुहोस ‘मेलम्चीमा भन्दा धेरै राहत हेलम्बुमा चाहिएको छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment