+

घिउः आयुर्वेदमा किन सर्वोत्तम मानिएको छ ?

२०७८ असार  १० गते २१:१० २०७८ असार १० गते २१:१०
घिउः आयुर्वेदमा किन सर्वोत्तम मानिएको छ ?

‘घिउ-स्मृति, मेधा, उर्जा, बलवीर्य, ओज, कफ र वोसावर्धक हो । यसले वात, पित्त, ज्वरो र विषालु पर्दार्थ नष्ट गर्छ’ चरक संहिता ।

भातमा एक चम्चा घिउ मात्र थपिएदिए स्वाद दोब्बर बढ्छ । अरु कतिपय खानेकुराको स्वाद र गुणवत्ता बढाउन पनि काइदा हुन्छ, घिउ । भनिन्छ, घिउले खानेकुरालाई शुद्धिकरण गर्छ । हाम्रा पितापूर्खाहरुले खानाका साथ घिउ सेवनलाई अनिवार्य मान्दै आए । त्यसैले घरमा गाइबस्तु पालेरै भएपनि घिउ खानुपर्छ भन्ने मान्यता रह्यो । ‘घिउ खाए, जिउ लाग्छ’ भन्ने जस्ता उक्ति नै छ । धार्मिक अनुष्ठानमा समेत घिउ अनिवार्य मानिन्छ ।

तर, अहिले घिउ खानका लागि गाइबस्तु नै पाल्नुपर्छ भन्ने छैन । बजारमा तयारी घिउ पाइन्छन् । यसरी उपलब्ध घिउ कति गुणस्तरिय हो ? यसमा भने शंका गर्नुपर्ने हुन्छ । किनभने शुद्ध र ताजा घिउ मात्र स्वास्थ्यका लागि लाभदायक छ ।

त्यसो त अहिले कोलोस्टोर, उच्च रक्तचाप जस्ता दीर्घ रोगका कारण धेरैले घिउको सेवन गर्न डराउँछन् । घिउले कतै हानी गर्ने त होइन ? यसैगरी कतिपयले मोटोपन बढ्ने भयले घिउ खाँदैनन् । के वास्तवमा कतिपय दीर्घ रोगमा वा मोटोपनमा घिउ सेवन उपयुक्त हुन्न ?

हृदयरोग भएका वा मोटोपन भएकाहरु घिउ खान डराउँछन् । आयुर्वेदमा भने घिउलाई औषधि मानिन्छ र यसले मोटोपन नियन्त्रणमा समेत सहयोग गर्ने बताइन्छ । घिउलाई सबैभन्दा प्राचिन सात्विक आहारदेखि सर्वदोष निवारण गर्ने खानेकुराको रुपमा समेत लिइन्छ । कलेजो र मिर्गौलालाई स्वस्थ राख्न समेत घिउ उपयुक्त हुन्छ ।

घिउमा स्थिर सेचुरेटेटड तत्व अधिक हुन्छ जसबाट पि|m रेडिकल्स निस्कने आशंका एकदमै कम हुन्छ । घिउमा भएको चिल्लोपन शरीरमा सजिलै पच्छ ।

घिउमाथि गरिएको सोधबाट के थाहा भएको छ भने यसले रक्त र आन्द्रामा रहेको कोलेस्टोल कम गर्छ । यस्तो किन हुन्छ भने घिउबाट बाइलरी लिपिड स्राव हुन्छ । यो नाडी प्रणाली र मस्तिष्कका लागि समेत श्रेष्ठ औषधि मानिन्छ ।

यस्तै केही समयअघि अमेरिकन शोधकर्ताहरुले घिउको विषयमा केही अध्ययन गरेका थिए । शोधकर्ताका अनुसार स्वस्थ्य जनवारमा गरिएको एक परीक्षणबाट घिउले नकारात्मक असर नगर्ने देखियो । घिउयुक्त खानेकुराबाट हृदयरोग एवं कोलेस्टोर नबढ्ने उक्त अध्ययनमा पाइयो ।

स्वस्थ्य र तन्दुरुस्तीका लागि घिउलाई एक पौष्टिक आहारको रुपमा लिइएको छ । आयुर्वेदमा यसलाई मोटोपन नियन्त्रणका लागि समेत प्रयोग गर्न सकिने उल्लेख छ । साथसाथै मांशपेशी बलियो बनाउन समेत घिउ जरुरी हुने बताइन्छ । घिउमा क्यालोरी, सेचुरेटेड फ्याट, क्याल्सियम, भिटामिन र प्रोटिन पाइन्छन् ।

गाई एवं भैसीको दुधलाई उमालेर, जमाएर दही बनाइन्छ । दहीलाई मथेर घिउ निकालिन्छ । घिउलाई अत्यान्तै तागतिलो र शुद्ध मानिन्छ ।

घिउले कसरी फाइदा गर्छ ?

-आयुर्वेदका अनुसार घिउ स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसले जीवन जिउने क्षमता अर्थात दीर्घायुमा मद्दत गर्छ । साथसाथै शरीरमा कतिपय रोग लाग्नबाट समेत बचाउँछ ।

-घिउले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । साथसाथै पाचन प्रक्रियामा पनि सुधार गर्छ ।

-भनिन्छ, घिउले मस्तिष्कको कार्यक्षमता समेत बढाउँछ ।

-घिउले वात र पित्तलाई ठीक राख्छ । यसले कफको समस्या पनि आउन दिदैन ।

तेल होइन घिउ

अहिले बजारमा थरीथरीका खानेतेल पाइन्छन् । यि तेल हाम्रो भान्साको अनिवार्य हिस्सा पनि हुन् । सागसब्जी पकाउनका लागि तेल नभई हुन्न । तर, चिकित्सकहरुले तेलबाट स्वास्थ्यमा पार्ने खराब असरबारे सचेत गराइरहेका हुन्छन् । बजारमा उपलब्ध तेलको गुणस्तरमाथि पनि ढुक्क हुनसक्ने स्थिती छैन । यस्तो अवस्थामा गाईभैंसीको घिउ सर्वोत्तम हुनसक्छ ।

कति खाने घिउ ?

स्वास्थ्यलाई राम्रो गर्छ भन्दैमा जथाभावी घिउ खानु उचित हुँदैन । भनिन्छ नि, धेरै खायो भने चिनी पनि तीतो हुन्छ । औषधि पनि विष हुन्छ । घिउ पनि उचित मात्रामा खानुपर्छ । घरमै बनाइएको शुद्ध र ताजा घिउ नियमित रुपमा खान सकिन्छ । स्वस्थ व्यक्तिलाई दिनमा दुई चम्चा घिउ शरीरका लागि काफी हुन्छ ।

आयुर्वेद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आयातमूखि ओैषधि ऐन सुधार गर्न औषधि उद्योगीको माग

आयातमूखि ओैषधि ऐन सुधार गर्न औषधि उद्योगीको माग

हरेक तीन महिनामा मधुमेह परीक्षण गर्न किन सल्लाह दिइन्छ ?

हरेक तीन महिनामा मधुमेह परीक्षण गर्न किन सल्लाह दिइन्छ ?

धेरै नेपालीको ज्यान बचाउन अंग प्रत्यारोपण कानुन तत्काल संशोधन गरौं

धेरै नेपालीको ज्यान बचाउन अंग प्रत्यारोपण कानुन तत्काल संशोधन गरौं

जीवनशैलीका यी गल्तीहरूले बढाउन सक्छ स्तन क्यान्सरको जोखिम

जीवनशैलीका यी गल्तीहरूले बढाउन सक्छ स्तन क्यान्सरको जोखिम

के चुइगम चपाउँदा दिमाग तेजिलो हुन्छ ?

के चुइगम चपाउँदा दिमाग तेजिलो हुन्छ ?

नारी दिवसको अवसरमा ‘वमन सर्जन्स अफ नेपाल’ को विशेष कार्यक्रम

नारी दिवसको अवसरमा ‘वमन सर्जन्स अफ नेपाल’ को विशेष कार्यक्रम