+
+

घिउः आयुर्वेदमा किन सर्वोत्तम मानिएको छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते २१:१०

‘घिउ-स्मृति, मेधा, उर्जा, बलवीर्य, ओज, कफ र वोसावर्धक हो । यसले वात, पित्त, ज्वरो र विषालु पर्दार्थ नष्ट गर्छ’ चरक संहिता ।

भातमा एक चम्चा घिउ मात्र थपिएदिए स्वाद दोब्बर बढ्छ । अरु कतिपय खानेकुराको स्वाद र गुणवत्ता बढाउन पनि काइदा हुन्छ, घिउ । भनिन्छ, घिउले खानेकुरालाई शुद्धिकरण गर्छ । हाम्रा पितापूर्खाहरुले खानाका साथ घिउ सेवनलाई अनिवार्य मान्दै आए । त्यसैले घरमा गाइबस्तु पालेरै भएपनि घिउ खानुपर्छ भन्ने मान्यता रह्यो । ‘घिउ खाए, जिउ लाग्छ’ भन्ने जस्ता उक्ति नै छ । धार्मिक अनुष्ठानमा समेत घिउ अनिवार्य मानिन्छ ।

तर, अहिले घिउ खानका लागि गाइबस्तु नै पाल्नुपर्छ भन्ने छैन । बजारमा तयारी घिउ पाइन्छन् । यसरी उपलब्ध घिउ कति गुणस्तरिय हो ? यसमा भने शंका गर्नुपर्ने हुन्छ । किनभने शुद्ध र ताजा घिउ मात्र स्वास्थ्यका लागि लाभदायक छ ।

त्यसो त अहिले कोलोस्टोर, उच्च रक्तचाप जस्ता दीर्घ रोगका कारण धेरैले घिउको सेवन गर्न डराउँछन् । घिउले कतै हानी गर्ने त होइन ? यसैगरी कतिपयले मोटोपन बढ्ने भयले घिउ खाँदैनन् । के वास्तवमा कतिपय दीर्घ रोगमा वा मोटोपनमा घिउ सेवन उपयुक्त हुन्न ?

हृदयरोग भएका वा मोटोपन भएकाहरु घिउ खान डराउँछन् । आयुर्वेदमा भने घिउलाई औषधि मानिन्छ र यसले मोटोपन नियन्त्रणमा समेत सहयोग गर्ने बताइन्छ । घिउलाई सबैभन्दा प्राचिन सात्विक आहारदेखि सर्वदोष निवारण गर्ने खानेकुराको रुपमा समेत लिइन्छ । कलेजो र मिर्गौलालाई स्वस्थ राख्न समेत घिउ उपयुक्त हुन्छ ।

घिउमा स्थिर सेचुरेटेटड तत्व अधिक हुन्छ जसबाट पि|m रेडिकल्स निस्कने आशंका एकदमै कम हुन्छ । घिउमा भएको चिल्लोपन शरीरमा सजिलै पच्छ ।

घिउमाथि गरिएको सोधबाट के थाहा भएको छ भने यसले रक्त र आन्द्रामा रहेको कोलेस्टोल कम गर्छ । यस्तो किन हुन्छ भने घिउबाट बाइलरी लिपिड स्राव हुन्छ । यो नाडी प्रणाली र मस्तिष्कका लागि समेत श्रेष्ठ औषधि मानिन्छ ।

यस्तै केही समयअघि अमेरिकन शोधकर्ताहरुले घिउको विषयमा केही अध्ययन गरेका थिए । शोधकर्ताका अनुसार स्वस्थ्य जनवारमा गरिएको एक परीक्षणबाट घिउले नकारात्मक असर नगर्ने देखियो । घिउयुक्त खानेकुराबाट हृदयरोग एवं कोलेस्टोर नबढ्ने उक्त अध्ययनमा पाइयो ।

स्वस्थ्य र तन्दुरुस्तीका लागि घिउलाई एक पौष्टिक आहारको रुपमा लिइएको छ । आयुर्वेदमा यसलाई मोटोपन नियन्त्रणका लागि समेत प्रयोग गर्न सकिने उल्लेख छ । साथसाथै मांशपेशी बलियो बनाउन समेत घिउ जरुरी हुने बताइन्छ । घिउमा क्यालोरी, सेचुरेटेड फ्याट, क्याल्सियम, भिटामिन र प्रोटिन पाइन्छन् ।

गाई एवं भैसीको दुधलाई उमालेर, जमाएर दही बनाइन्छ । दहीलाई मथेर घिउ निकालिन्छ । घिउलाई अत्यान्तै तागतिलो र शुद्ध मानिन्छ ।

घिउले कसरी फाइदा गर्छ ?

-आयुर्वेदका अनुसार घिउ स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसले जीवन जिउने क्षमता अर्थात दीर्घायुमा मद्दत गर्छ । साथसाथै शरीरमा कतिपय रोग लाग्नबाट समेत बचाउँछ ।

-घिउले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । साथसाथै पाचन प्रक्रियामा पनि सुधार गर्छ ।

-भनिन्छ, घिउले मस्तिष्कको कार्यक्षमता समेत बढाउँछ ।

-घिउले वात र पित्तलाई ठीक राख्छ । यसले कफको समस्या पनि आउन दिदैन ।

तेल होइन घिउ

अहिले बजारमा थरीथरीका खानेतेल पाइन्छन् । यि तेल हाम्रो भान्साको अनिवार्य हिस्सा पनि हुन् । सागसब्जी पकाउनका लागि तेल नभई हुन्न । तर, चिकित्सकहरुले तेलबाट स्वास्थ्यमा पार्ने खराब असरबारे सचेत गराइरहेका हुन्छन् । बजारमा उपलब्ध तेलको गुणस्तरमाथि पनि ढुक्क हुनसक्ने स्थिती छैन । यस्तो अवस्थामा गाईभैंसीको घिउ सर्वोत्तम हुनसक्छ ।

कति खाने घिउ ?

स्वास्थ्यलाई राम्रो गर्छ भन्दैमा जथाभावी घिउ खानु उचित हुँदैन । भनिन्छ नि, धेरै खायो भने चिनी पनि तीतो हुन्छ । औषधि पनि विष हुन्छ । घिउ पनि उचित मात्रामा खानुपर्छ । घरमै बनाइएको शुद्ध र ताजा घिउ नियमित रुपमा खान सकिन्छ । स्वस्थ व्यक्तिलाई दिनमा दुई चम्चा घिउ शरीरका लागि काफी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?