+
+
Shares

बैंकलाई ब्रोकर लाइसेन्स दिन बैंकर्स संघको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १७:४०

२० असार, काठमाडौं । बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन बैंकर्स संघले माग गरेको छ । आगामी आर्थिक वर्षका लागि आउने मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिदै बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन पहल हुनुपर्ने बताएको हो ।

कतिपय देशहरुमा बैंकहरुले धितोपत्र ब्रोकरको कार्यहरु गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार सोका लागी केही बैंकहरुले सहायक कम्पनीहरु समेत खोली सकेको अवस्था छ ।

सो सहायक कम्पनीहरुले देशका कुना कुनामा छरिएका वाणिज्य बैंकहरुका शाखा मार्फत् ग्रामिण क्षेत्रमा पनि पुँजी बजारलाई विस्तार गर्न सक्ने बैंकर्स संघलेब बताएको छ ।

‘तर, वाणिज्य बैंकका सहायक कम्पनीले हाल नियमानुसार निवेदन दिएर पनि ब्रोकर लाइसेन्स पाउन नसकेको अवस्था छ, यसका लागी तहाँबाट समेत पहल भएमा वित्त बजारलाई सहयोग पुग्ने देखिन्छ’ बोर्डको सुझावमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?