+
+
Shares

‘घन्किदे मादलु’ भन्दै गीता र विनाले भाँचे कम्मर(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते ११:४१

तीज पर्व नजिकिदै गर्दा मोडलहरुको व्यस्तता पनि खुबै बढेको छ । दैनिक उनीहरु छायांकनमा व्यस्त हुन थालेका छन् । मोडलिङको दुनियाँमा प्रवेश गरेको एक बर्षमै ८१ वटा भिडियोमा अभिनय गरेकी मोडल गीता ढुंगानाले भने यो बर्ष २ वटा मात्र तीजको गीतमा अभिनय गरेकी छिन् । उनको अभिनय रहेको ‘घन्किदे मादलु भाँच्ने हो कम्मर’ बोलको गीतको बिहिबार छायांकन गरिएको छ ।

यो गीतको भिडियोमा गीताको साथमा अर्की मोडल विना राउतको पनि नृत्य छ । गीतमा शब्द, संगीत तथा स्वर सुमित्रा कोइरालाको छ । भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका हुन् । भिडियोमा राजेश घिमिरेको छायांकन छ । यो भिडियोलाई आइतबार सार्वजनिक गर्ने तयारी काजिसको छ ।

यो गीतले तीजको रमाइलो पललाई बोलेको गायिका कोइरालाले बताइन् । गीता र विनुले पनि गीत मन परेपछि काम गरेको बताए ।

तस्वीरः शंकर गिरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?