Comments Add Comment

घनश्याम भुसाल भन्छन् : सहमतिमा संयुक्त सरकार पनि बन्न सक्छ

२८ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सर्वोच्च अदालतको फैसलाले संसद् र संविधान जोगिएको बताएका छन् ।

सर्वोच्चले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।

‘पटकपटक संसद् विघटन गर्नु एमालेको गल्ती थियो । अब गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्नुछ’, भुसालले भने । संसद् र संविधान रक्षा गर्नु महत्वपूर्ण भएकाले गम्भीर बनेर थप निर्णय गरिने उनले बताए । ‘हाम्रो मुलुकको स्वतन्त्रतता, स्वाधीनता र हाम्रो आन्दोलन जोगाउन संविधानको रक्षा जरुरी छ’, भुसालले भने ।

संविधान कार्यान्वयनका क्रममा पार्टीले ठूलो क्षति बेहोर्नु परेको उनले बताए ।‘संसद् जोगाउने हाम्रो कदम राजनीतिक रुपमा सही थियो । अहिले पार्टीलाई एकताबद्ध गर्ने निर्णय गरेका छौं, यो पनि सही छ’, भुसालले भने ।

संसद् र संविधान जोगाउन अब छलफल चलाउने भुसालले बताए ।

‘कांग्रेस, माओवादी, उपेन्द्रजीहरुसँग पनि छलफल गर्छौं । सहमतिमा संयुक्त सरकार बन्न पनि सक्छ’, भूसालले भने । अदालतको फैसला पछि सरकार बनाउनेबारे अनेक विकल्प रहेको उनले बताए ।

‘हामी बाहेकको सरकार पनि बनाउन सक्नुहुन्छ’, भुसालले भने । सबै दलको संयुक्त सरकार पनि बन्न सक्ने उनको भनाइ छ । यस बाहेक एमालेबाहेकका दलहरुले पनि सरकार बनाउन सक्ने भुसालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment