+
+
Shares

कार्यदलले माधव नेपाललाई बुझायो १० बुँदे सहमति

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते १२:४०

२९ असार, काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको छ ।

कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् ।कार्यदलका सदस्य एवं उपाध्यक्ष भीम रावल भन्छन्, ‘नयाँ सन्दर्भमा यसलाई सकारात्मक रुपमा लिनु भएको छ ।’

कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको थियो ।

सहमति पत्र बुझाउन सोमबार भीम रावल बालुवाटार पुगेका थिए । अध्यक्ष ओली समूहको स्थायी कमिटी बैठक चलिरहेका बेला रावल सहित कार्यदलका सदस्यहरुले सहमतिपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?