+

अमेरिकन सुपरस्टार जिम्न्यास्ट बाइल्सले थप दुई इभेन्टको फाइनल नखेल्ने

२०७८ साउन  १६ गते १३:१३ २०७८ साउन १६ गते १३:१३
अमेरिकन सुपरस्टार जिम्न्यास्ट बाइल्सले थप दुई इभेन्टको फाइनल नखेल्ने

१६ साउन, काठमाडौं । अमेरिकन सुपरस्टार जिम्न्यास्ट सिमोन बाइल्सले जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा थप दुई इभेन्टको फाइनल नखेल्ने भएकी छन् ।

युएसए जिम्न्यास्टिकका अनुसार बाइल्सले आइतबार हुने भल्ट र अनइभन बारको इभेन्ट फाइनल नखेल्ने भएकी हुन् ।

यसअघि उनले मानसिक स्वास्थ्यको कारण दुई इभेन्टसको फाइनल खेलिनन् । उनले बिहीबार भएको अलराउण्ड फाइनल पनि खेलिनन् । बाइल्सले त्यो भन्दा अघि वुमन्स टिमको फाइनलमा समेत प्रतिस्पर्धा गरिनन् ।

बाइल्सले अझै सोमबार हुने फ्लोर फाइनल र मंगलबार हुने ब्लालेन्स बिम फाइनल खेल्न बाँकी छ । त्यो दुई इभेन्ट भने उनले खेल्ने सम्भावना छ ।

बाइल्सले नखेल्ने भएपछि अब उनको सट्टा भल्ट इभेन्टमा अमेरिकी कायला स्कनिरले प्रतिस्पर्धा गर्नेछिन् । क्वालिफाइङमा स्कीनर चौथो भएकी थिइन् । हरेक इभेन्टमा एउटा देशबाट २ खेलाडी मात्र फाइनल पुग्ने भएकाले स्कीनरले सुरुमा फाइनलमा स्थान बनाउन सकेकी थिइन् । अमेरिकाबाट बाइल्स र जेड केरी फाइनलमा छनोट भएका थिए ।

स्कीनरले फाइनलका लागि धेरै प्रतीक्षा गर्न नसकिने र बाइल्सका लागि प्रतिस्पर्धा गर्ने बताएकी छन् । यस्तै अनइभन बारको फाइनलमा भने बाइल्सको स्थानमा फ्रान्सकी मेलाने डे जेसस डोसले प्रतिस्पर्धा गर्नेछिन् ।

युएसए जिम्न्यास्टले बाइल्सले ओलम्पिका बाँकी दुई इभेन्टमा प्रतिस्पर्धा गर्ने नगर्नेबारे दैनिक रुपमा मुल्यांकन गर्ने जनाएको छ ।

चार पटकको ओलम्पिक स्वर्ण विजेता बाइल्सले टोकियो ओलम्पिकमा टिम फाइनलमा युएस टिमबाट रजत पदक जितेकी छन् ।

भल्टमा प्रतिस्पर्धा गरेपछि उनले आफ्नो प्रदर्शनको तालमेल नमिलेको र निरन्तरता दिन उपयुक्त नभएको बताएकी थिइन् । त्यसपछि उनीबिना नै अमेरिकन टिमले प्रतिस्पर्धा गरेको थियो र बाइल्सले बाहिर बसेर समर्थन गरेकी थिइन् ।

त्यसपछि वुमल्स टिम फाइनलमा भने उनले मानसिक समस्याको कारण प्रतिस्पर्धा गरिनन् ।

सन् २०१३ देखि अलराउण्डमा अपराजित रहँदै बाइल्स टोकियो ओलम्पिकमा पुगेकी थिइन् । र उनले ५३ वर्षयता ओलम्पिकमा महिलातर्फ लगातार दुई अलराउण्ड उपाधि जित्ने अपेक्षा गरिएको थियो ।

ओलम्पिक खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१