+
+

बारा, सिरहा र उदयपुरमा भएका दुर्घटनामा ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १०:४६

६ भदौ, काठमाडौं । बारा, सिरहा र उदयपुरमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बारामा भएको दुर्घटनामा तीन जनाले तथा सिरहा र उदयपुरमा एक–एक जनाले ज्यान गुमाएका हुन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाइकल गएराति आपसमा ठोक्किँदा नुवाकोटको घुङताङ ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैना देवी साहको मृत्यु भएको हो ।

गएराति साढे १० बजे भएको दुर्घटनामा उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

यसैगरी सिरहाको धनगढीमाई नगरपालिका ६ मा स १० प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा अन्दाजी १८ वर्षीय किशोरको मृत्यु भएको छ । गएराति साढे ११ बजे पैदल हिंडिरहेका ती किशोर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका ३ लच्कामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गाईघाटबाट मोतीगडातर्फ आउँदै गरेको प्रदेश १, ०१–००५ प ३७१४ नम्बरको मोटरसाइकल शनिबार साँझ सवा ६ बजे विजुलीको पोलमा ठोक्किएर पल्टिंदा सोही मोटरसाइकलका चालक ३२ वर्षीय शान्तिराम राईको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?