+
+
Shares

माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चन्थ्यो : राजेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ५ गते २०:३१

५ भदौ, काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले गत निर्वाचनमा माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चने बताएका छन् ।

पार्टी विभाजनपछि शनिबार नेकपा एकीकृत समाजवादी पार्टीको युवा संगठन धादिङको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता पाण्डले माओवादीसँग एकतापछि मात्रै एमाले अहिलेको अवस्थामा पुगेको बताएका हुन् ।

माओवादीसँग एकता भएर नेकपा नबनेको भए एमाले ५० सिटमा खुम्चन्थ्यो,’ उनले भने, ‘माओवादीसँगको एकतापश्चात मात्र प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकसहित १२१ सिट जित्न सफल भएका हौं ।

नेता पाण्डेले भने, ‘पार्टी एकताबाट नै थप शक्तिशाली बनेको तथ्य ओलीले कहिल्यै महसुस गरेनन् ।’ एउटा गुटको मात्रै नेतृत्व गरेर मनोगत ढंगले पार्टी चलाउँदा नेपालमा कम्युनिष्ट आन्दोलनमा ठलो क्षति पुगेको उनको तर्क थियो ।  

नेता पाण्डेले एमाले अध्यक्ष ओली नेपाली कम्युनिष्ट आन्दोलन नै सिध्याउने अभियानमा लागेपछि बाध्य भएर नयाँ पार्टी जन्माउनु परेको तर्क गरे ।   

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?