+
+

असुरक्षित यौन सम्बन्धको भय

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १६:२५

नेपाल, भारत लगायतका मुलुकले धेरै विषयमा सरकारी अध्ययन कम मात्रामा गर्ने गर्छन् । अझ त्यसैमाथि पनि यौनजन्य गतिविधिको बारेमा अध्ययन गराउने काम नेपालमा त झनै कम हुन्छ । तर केही वर्षअघि छिमेकी मुलुक भारतमा भने यसको बारेमा अध्ययन भएको थियो ।

भारतको एक सरकारी अध्ययनले १० मध्ये ९ जना पुरुषले आफ्नी पत्नीले आफूसँग यौन सम्बन्ध राख्न नमानेको गुनासो गरे । पत्नीहरुको गुनासो थियो कि उनीहरुका पतिले बाहिर अरुसँग पनि सम्पर्क राख्छन्, जसका कारण कण्डमविना सम्पर्क राख्दा उनीहरुमा यौन सम्पर्कको जोखिम बढी हुन्छ । त्यसैले सो अध्ययनमा सहभागी अधिकांश पुरुषले कण्डमविना यौन सम्पर्क राख्न नमानेको बताएका थिए ।

कहिले भएको थियो शोध ?

यो शोध २००९ मा भारतको सरकारी संस्था इन्टरनेशनल इन्स्टिच्युट अफ पपुलेसन साइन्सेसले गराएको थियो । शोधमा उल्लेख भए अनुसार हरेक १० जना पुरुषमध्ये ९ जनाकी पत्नीले कण्डम बिना यौन सम्पर्क गर्न मानेकी थिइनन् । किनकि पत्नीहरुलाई शंका थियो श्रीमानको बाहिर पनि कसैसँग सम्बन्ध छ । जबकि अर्काे अध्ययनले देखाए अनुसार २० मा केवल एक पुरुषले विवाहेत्तर सम्बन्ध राख्ने गर्छन् । त्यसैले यो उनीहरुको शंका मात्रै पनि हुन सक्छ ।

मुम्बईमा यौनजन्य औषधिका प्रमुख कन्सल्टेन्ट डा. राजन भोस भन्छन् ‘यौन सम्पर्कको लागि इन्कार गर्ने धेरै कारणहरु हुन्छन्, जसले महिलाहरु यौन सम्पर्क गर्न मान्दैनन् ।’

के भन्छन् महिला ?

इन्टेरियर डिजाइनर रश्मी सेठ भन्छिन् ‘महिलाहरुलाई आफ्ना पतिको अन्यत्र प्रेम–सम्बन्ध छ भन्ने जानकारी भयो भने धेरै दुःखी हुन्छन् । तर उनीहरु यौनजन्य सरुवा रोगको बारेमा खासै सोच्दैनन् । यद्यपि कैयौं महिलाहरु अर्काे यसलाई भावनात्मक रुपमा जोडेर सोच्छन् । धेरै महिलाहरु बच्चा र स्वयंको सुरक्षाको लागि समेत वैवाहिक सम्बन्ध बाँधिएका हुन्छन् ।

होम मेकर गायत्री जोशी भन्छिन् ‘मलाई लाग्छ कि महिलाहरुले गर्भनिरोधक चक्की खानुहुँदैन । जसले उनीहरुको मुड बदलिन्छ, वजन बढ्छ र पुरुषहरु यस मामलामा कुनै जिम्मेवारी लिन चाहँदैनन् ।’ यसले यौन सम्बन्धमा असर त पक्कै पार्छ नै ।

के भन्छन् जानकारहरु ?

यौन स्वास्थ्यको अनुसन्धानमा संलग्न डा. भोस भन्छन् ‘आईआईपीएसको यो सर्वेक्षण केवल ८० हजार जनामा गरिएको थियो । यति सानो आँकडाले यो कुराको यकिन गर्न त सकिँदैन । समाजशास्त्रीको रुपमा एक दशकसम्म काम गरेका भोस महिलाले यौन सम्बन्धमा राख्न नमानेको आँकडा १० मध्ये नौ जना हुन नसक्ने बताउँछन् ।

जबकि हिजोआज समाजशास्त्रीसँग पुरुषले भन्दा महिलाले धेरै धोका दिएको घटना आउने गर्छ । भोस मान्छन् कि महिलाहरु सामान्यतया यौन सम्पर्क राख्न इन्कार गर्ने गर्छन् । धेरै पुरुषहरुलाई आफ्नो आफ्नी पत्नीसँग यौन सम्पर्कको लागि पहल गर्ने सही तरिका पनि थाहा हुँदैन । जसले गर्दा पनि उनीहरु इन्कार गर्ने गर्छन् । महिलाहरुले यौन सम्पर्क गर्न नमान्नुको विभिन्न कारणहरु हुन्छन् । जसमध्ये कण्डमको प्रयोग नगर्नु सामान्य कारण मात्रै हो । यदि कुनै महिलालाई लाग्छ कि उसका पतिले उनलाई धोका दिइरहेका छन् । त्यस्तो अवस्थामा यसले कण्डम लगाएको र नलगाएकोसँग फरक पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?