+
+

अफगानिस्तान विमानस्थलबाहिर विस्फोट, कम्तीमा १० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते २०:५५

१० भदौ, काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ । काबुल विमानस्थल प्रवेश गर्ने गेटमा आत्मघाती बम विस्फोट भएको हो । विस्फोटको समयमा त्यस ठाउँमा ठूलो संख्यामा अफगानी शरणार्थीहरु जम्मा भएका थिए ।

उनीहरु अमेरिकाले ल्याएको विमानमार्फत अफगानिस्तान छाड्न चाहेकाहरु थिए । समाचार संस्था एपीका अनुसार विस्फोटका कारण १५ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?