+
+
Shares

सिनामंगलको एक होटलबाट १ किलो ८६६ ग्राम सुनसहित तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते १७:५१

२० साउन, काठमाडौं । १ किलो ८ सय ६६ ग्राम सुनसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटुका २७ वर्षीय साकिर अली, भारत राजस्थानकै २८ वर्षीय अब्दुल सतार र राजस्थानकै २४ वर्षीय प्यार मोहम्मद रहेका छन् ।

उपत्यका अपराध अनुसनधान कार्यालययले सिनामंगलको सिरहा मल्हनिया होटलबाट उनीहरुलाई पक्राउ गरेको एपी कृष्ण कोइरालाले बताए ।

वैदेशिक रोजगारीबाट आउने व्‍यक्तिलाई प्रयोग गरेर विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याइएको प्रारम्भिक अनुसनधानमा खुलेको उनले बताए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?