+

रिजल्ट बिर्सनुस्, खेलबाट खुशी छु : मुख्य प्रशिक्षक अलमुताइरी

२०७८ भदौ  २० गते २०:३८ २०७८ भदौ २० गते २०:३८
रिजल्ट बिर्सनुस्, खेलबाट खुशी छु : मुख्य प्रशिक्षक अलमुताइरी

२० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले भारत विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गरेको बताएका छन् ।

दशरथ रंगशालामा आइतबार भारतसँगको खेल २-१ ले गुमाएपछि पत्रकार सम्मेलनमा उनले नतिजा बिर्सँदा नेपाली टिमको प्रदर्शनबाट खुशी रहेको बताए । ‘आज हामीले राम्रो खेल्यौं । रिजल्टलाई बिर्सनुस् म खुशी छु’ उनले भने ।

मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालले गोल गर्ने अवसर पाएपनि फिनिसिङ हुन नसकेको बताए ।

‘हामीले सुधारिएको प्रदर्शन गर्‍यौं, प्रशिक्षकको रुपमा म खुशी छु । विपक्षीको रणनीतिअनुसार पहिलो हाफमा आफ्नो क्षेत्रमा खेलेका थियौं । दोस्रो हाफमा हामीले खुल्ला भएर खेल्यौं’ उनले भने ।

अलमुताइरीले तेज तामाङको गोल, विशाल श्रेष्ठ र राजन गुरुङको डेब्यु र नेपाली खेलाडीको प्रदर्शन खेलको राम्रो पक्ष रहेको बताए ।

यस्तै भारतका प्रशिक्षक ईगोर स्टिमाकले पहिलो खेल भन्दा राम्रो खेलेको र जितबाट खुशी रहेको प्रतिक्रिया दिए । उनले भारत र नेपाल दुबैले सुधारिएको प्रदर्शन गरेको बताए ।

‘दुवै टिमले सुधारिएको खेल खेले । पहिलो हाफ भन्दा हाम्रो दोस्रो हाफ राम्रो थियो । खेलाडीहरुले राम्रो खेले म हाम्रो खेलाडीको प्रशंसा गर्न चाहन्छु’ स्टिमाकले भने, ‘हामीले पहिलो गोल गरेपछि कन्फिडेन्स बढ्यो ।’

अब्दुल्लाह अलमुताइरी खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय