+

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

२०८३ जेठ  १९ गते १४:४८ २०८३ जेठ १९ गते १४:४८
नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपाली पुरुष क्रिकेट टोली छनोट भएको छ ।
  • एसियन गेम्स छनोटअन्तर्गत मलेसियाले चीनलाई पराजित गरेसँगै समूह ‘ए’ बाट नेपाल र मलेसिया प्रतियोगिताका लागि छनोट भएका हुन् ।
  • नेपाली महिला क्रिकेट टोली भने चीनसँग पराजित भई एसियन गेम्सका लागि छनोट हुन असफल भएको थियो ।

१९ जेठ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ ।

एसियन गेम्स छनोट अन्तर्गत मंगलबार भएको समूह ए को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पनि छनोट भएको हो ।

७ टोली सहभागी छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमिफाइनल पुग्ने चारवटै टोली एसियन गेम्समा पुग्छन् ।

नेपालको समूहमा मलेसिया र चीन मात्र थिए । कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक-एक खेल जित्ने बित्तिकै शीर्ष २ को टुंगो लागेको हो ।

नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो । अब नेपाल र मलेसिया बिहिबार समूहविजेता बन्नका लागि खेल्नेछन् ।

नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनोट हुन असफल भएको थियो ।

एसियन गेम्स एसियन गेम्स क्रिकेट छनोट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय