+
+

पूजा र पुष्प एकसाथ पर्दामा कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १४:००

नायिका पूजा शर्मा र नायक पुष्प खड्काले चलचित्र ‘अझै पनि’मा एकसाथ काम गरे । यो चलचित्रमा एकसाथ काम गरेपनि यी दुइले पर्दामा रोमान्स भने गरेका थिएनन् । चलचित्रमा पूजाले कलाकार सुदर्शन थापासँग जोडी बाँधेकी थिइन् ।

पुष्प भने सुदर्शनको साथीको रुपमा देखिएका थिए । यो चलचित्रमा एकसाथ काम गरेपछि पूजा र पुष्पले चलचित्रमा सहकार्य गरेका छैनन् । यतिमात्र होइन, यी दुई म्युजिक भिडियोमा समेत सर्वाधिक व्यस्त हुँदा पनि एकसाथ काम गरेका छैनन् ।

‘अझै पनि’ चलचित्रमा काम गरेपछि पूजा र पुष्पको सम्बन्धमा दरार आएको बताइन्छ । पूजा र सुदर्शन मिलेर नयाँ टिमअप गरेका थिए भने पुष्प र चलचित्र ‘अझै पनि’ कि निर्माता पूनम गौतमको अर्को टिमअप बनेको थियो ।

तर, केही बर्षपछि फेरि पूजा र पुष्प नजिक देखिएका छन् । एकसाथ म्युजिक भिडियो र चलचित्रमा काम नगरेपनि पुष्प र पूजा मिल्ने साथी भने भएका छन् । पुष्प भन्छन्–‘सायद, कुनै धमकेदार प्रोजेक्टमा एकसाथ काम गर्नका लागि हामीलाई एकसाथ आउन समय लागेको हुनुपर्छ । तर, दर्शकले चाडै नै हामीलाई पर्दामा देख्न पाउनुहुनेछ ।’

पूजा पनि पुष्पको काम गर्ने तरिका र मिहिनेतको कदर गर्छिन् । भन्छिन्–‘हामीले चलचित्र ‘प्रेमगीत’मा नै पुष्पसँग काम गर्ने बिषयमा कुरा गरेका थियौं । तर, सो समयमा विविध कारणले सहकार्य हुन पाएन । अब, चाडै नै दर्शकले हामीलाई एकसाथ पर्दामा देख्नुहुनेछ ।’

नेपाली चलचित्र होस् या म्युजिक भिडियोमा नै किन नहोस्, पूजा र पुष्प सर्वाधिक व्यस्त छन् । चलचित्र र भिडियोमा नै पुष्प र पूजा पहिलो नम्बरको रोजाइका कलाकार हुन् । दर्शकले पनि यी दुइलाई एकसाथ पर्दामा हेर्न प्रतिक्षा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?