+
+

रानाथारू भाषालाई कामकाजी भाषा माग गर्दै धनगढीमा प्रर्दशन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १८:३८

२८ भदौ, धनगढी । कैलाली र कञ्चनपुरका रानाथारू समुदायले रानाथारू भाषालाई सुदूरपश्चिममा प्रदेशको कामकाजी भाषा नबनाएको भन्दै विरोध प्रर्दशन गरेका छन् ।

भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषामा रुपमा मान्यता दिएपनि रानाथारू भाषा नअटाएको भन्दै उनीहरुले सोमबार धनगढीमा नाराबाजीसहित विरोध प्रर्दशन गरेका हुन् ।

नेपाल रानाथारु समाजलगायतका रानाथारु आवद्ध विभिन्न संघसंस्थाले सोमबार दिउँसो धनगढी चौराहदेखि एलएन चोकसम्म नाराबाजी गर्दै प्रर्दशन गरेका हुन् ।

एलएन चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै रानाथारु समुदायका अगुवा तथा रानाथारु समाजका अध्यक्ष कृपाराम रानाले भाषा आयोगले आफूहरुमाथि विभेद गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताएका थिए ।

सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले रानाथारु भाषालाई सुदूरपश्चिमको कामकाजी भाषा बनाउनुपर्ने माग गरे । उनले भाषा आयोगले रानाथारु समुदायमाथि विभेद गरेकाले तत्काल सच्याउनुपर्ने जनाए ।

आयोगले डोटेली र थारू भाषालाई कामकाजी भाषाको मान्यता दिएकोमा आफूहरुको कुनै असहमती र आपत्ति नरहेको तर रानाथारु भाषालाई पनि कामकाजी भाषाको मान्यता दिनुपर्ने माग गरिएको छ ।

प्रदेश सरकारका हरेक निकायमा रानाथारूका लागि आरक्षण सुनिश्चित गर्न समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment