+
+

एमालेको बागमती प्रदेशमा पनि बादल नै इन्चार्ज !

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १६:३८

३१ भदौ, काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश इन्चार्जकै भूमिकामा अतिथि बनेका थिए ।

उक्त कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि सम्बोधन गरिन् । बादल भन्दा पहिले सम्बोधन गरेकी शाक्यलाई भने उद्‌घोषकले पार्टी उपाध्यक्ष एवम् मुख्यमन्त्री भनी सम्बोधन गरेका थिए ।

दश बुँदे सहमति गरेर शाक्यले कार्यकर्ताको भावनालाई कदर गरेर प्रसँग निकालेका उद्‌घोषकले बादलभन्दा पहिले बोल्ने समय दिए । शाक्यले सम्बोधन गर्नुअघि हलबाट मुख्यमन्त्री बनेकोमा सम्मान प्रकट गरिएको थियो ।

तर बादलले बोल्नु अगाडि नै शाक्य हलबाट बाहिरिन् । हेटौडा जानुपर्ने भन्दै उद्‌घोषकले भूमिका बाँधेका थिए । शाक्य हलबाट बाहिरिए पछि बादलले प्रदेश इन्चार्जको हैसियतमा सम्बोधन गरे ।

एमालेमा २ जेठ २०७५ अगाडि शाक्य बागमती प्रदेश इन्चार्ज थिइन् । दश बुँदेमा पार्टी संरचना २ जेठ २०७५ अगाडिकै अवस्थाबाट सञ्चालन हुने उल्लेख छ । ८ भदौको स्थायी कमिटी र १० भदौको एमाले केन्द्रीय कमिटीले दश बुँदे सहमति कार्यान्वयनको निर्णय गरेको छ ।

अर्थात् दश बुँदे कार्यान्वयन भए शाक्य प्रदेश इन्चार्ज हुनेछिन् । तर प्रज्ञा भवनको कार्यक्रममा भने शाक्य नभएर बादल इन्चार्ज रहे ।

बागमतीमा जस्तै सुदूरपश्चिममा पनि समस्या देखिएको छ । सुदूरपश्चिममा दश बुँदे अनुसार, भीम रावल इन्चार्ज भए पनि अध्यक्ष केपी शर्मा ओलीले लेखराज भट्ट इन्चार्ज रहेको बताएका छन् । बालकोटमै रावललाई बोलाएर ओलीले भट्ट इन्चार्जको भूमिकामा रहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?