
काठमाडौं । लुम्बिनी विद्युत उद्योग प्रालिले आफ्नो उत्पादन प्रवर्द्धन र विस्तारका लागि नायक राजेश हमाल र मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ ।
दुई वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा नायक हमाल र मधुको उपस्थिति हुने कम्पनीले बताएको छ ।
विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको उद्योग सन् १९७७ मा स्थापित नेपालको पहिलो एलुमिनियम कन्डकटर स्टिल रेनफोर्स (एसीएसआर) कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।
चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको कम्पनीका अध्यक्ष एवं प्रवन्ध निर्देशक रोहित गुप्ताले बताए ।
उनका अनुसार कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटीमा नम्बर १ रहनका लागि हालै एडभान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4