+
+

ताइवानको रक्षा क्षेत्रमा दर्जनौं चिनियाँ सैन्य विमान प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १४:०७

१७ असोज, काठमाडौं । चीनले शनिबार ताइवानको रक्षा क्षेत्रमा ३९ सैन्य विमान उडाएको छ ।

ताइवानको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार चीनले दुईपटक गरेर उक्त संख्यामा सैन्य विमानहरु ताइवानको रक्षा क्षेत्रमा पठाएको हो । यसअघि गत शुक्रबार पनि न्युक्लियर क्षमताका बमवर्षकसहित ३८ विमान ताइवानको रक्षा क्षेत्रमा प्रवेश गरेका थिए ।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तको रुपमा मान्दै आएको छ । यद्यपि ताइवानले भने आफूलाई एक स्वतन्त्र मुलुक भएको दाबी गर्दै आएको छ । ताइवानले लामो समयदेखि चीनले आफ्नो सार्वभौमसत्ताको सम्मान नगरेको भन्दै आपत्ति जनाउँदै आएको छ । ताइवानले अहिले चीन सैन्य आक्रामकतातर्फ देखिएको र यसले क्षेत्रीय शान्तिमा असर पारेको बताएको छ ।

यस विषयमा चीनले भने कुनै प्रतिक्रिया दिएको छैन । यसअघि भने चीनले यस्ता गतिविधि आफ्नो सार्वभौमसत्ताको रक्षाको लागि गर्ने गरिएको दाबी गर्दै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?