+
+

लुकीलुकी कसले हेर्दैछ तपाइँको फेसबुक प्रोफाइल ? यसरी थाहा पाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १६:३२

२६ असोज, काठमाडौं । सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसबुकमा प्रयोगकर्ताहरु यति आशक्त भैसकेका छन् कि उठबस, घुमफिर तेरी बस्ने, खाने सुत्ने सम्मका आफ्ना नितान्त निजी जानकारीहरु समेत फेसबुकमा शेयर गर्दछन् ।

कतिपय मानिसहरुले त फेसबुकबाटै आम्दानी पनि गरिरहेका हुन्छन् । अर्थात् समग्रमा फेसबुक यस्तो प्लाटफर्म बनेको छ जसले हाम्रो लगभग सबै खालका आवश्यकताहरु पूरा गर्दछ ।

फेसबुकमा मित्रता कायम गर्नु निकै सजिलो छ । तपाइँलाई जो सँग दोस्ती गर्नुछ, मात्र उसलाई फ्रेण्ड रिक्वेस्ट पठाए पुग्यो । यदि उसले तपाइँको अनुरोध स्विकार गर्यो भने भयो मित्रता ।

यद्यपि कहिलेकाहीँ फेसबुकमा भएको मित्रतामा दरार पनि आउँछ, जसका कारण फेसबुके साथीहरु एक अर्कालाई ब्लक वा अनफ्रेण्ड गर्दछन् । तर साथीबाट हटाइसकेको साथीको फेसबुक प्रोफाइल भने लुकीलुकी हेर्दछन् । यदि तपाइँलाई आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने जान्ने इच्छा छ भने त्यसको निकै सजिलो उपाय छ ।

आइफोन प्रयोगकर्ताले सहज रुपमा फेसबुक एपको प्राइभेसी सेटिंग्समा गएर आफ्नो प्रोफाइल हेर्ने मानिसहरुको बारमा जानकारी लिन सक्दछन् ।

कम्प्युटरबाट वेब भर्सनमा फेसबुक चलाउँदा चाहीँ निम्नानुसारको विधि अपनाउनुपर्दछः

  • आफ्नो ल्यापटप वा डेस्कटपमा कम्प्युटरमा फेसबुक लगइन गर्नुहोस्
  • टाइमलाइनमा कुनैपनि ठाउँमा राइट क्लिक गरेर View page source मा क्लिक गर्नुहोस् CTRL+U थिच्नुहोस्
  • त्यसपछि ctrl+f थिचेर सर्च बारमा BUDDY_ID सर्च गर्नुहोस्
  • BUDDY_ID सँगै तपाइँले १५ अंकको कोड प्राप्त गर्नुहुन्छ
  • उक्त कोडलाई कपी गरेर ब्राउजरमा facebook.com/profile ID-१५ अंकको कोड) टाइप गरेर सर्च गर्नुहोस्
  • त्यसो गर्दा सिधै त्यहीँ व्यक्तिको फेसबुक प्रोफाइल खुल्दछ, जसले तपाइँको प्रोफाइल भिजिट गरेको हुन्छ ।

तपाइँको फेसबुक प्रोफाइल कस कसले चेक गरिरहेको छ यो पत्ता लगाउने अर्को तरिका पनि छ । यसका लागि तपाइँ क्रोम एक्सटेन्सनको सहयोग लिन सक्नुहुन्छ । वास्तवमा गुगल क्रोममा गएर तपाइँले Super Viewer for Facebook जस्ता एक्सटेन्सन डाउनलोड गर्नुपर्दछ ।

यसको सहयोगमा तपाइँले आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने थाहा पाउनुहुन्छ । यद्यपि यी दुबै तरिकाबाट तपाइँको फेसबुक प्रोफाइल सम्बन्धित व्यक्तिले कुन मितिमा हेर्यो भन्ने कुरा चाहीँ पत्ता लगाउन सकिँदैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?