+
+

रुसमा कोरोना संक्रमणबाट एकै दिनमा १००० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते १६:११

३० असोज, काठमाडौं । शनिबार रुसमा एकै दिनमा एक हजार मानिसको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना महामारी सुरु भएपछि पहिलो पटक एकै दिनमा रुसमा यति धेरै मानिसको मृत्यु भएको हो । रुसमा पछिल्लो साता संक्रमणको दर बढ्दो छ ।

रुस सरकारले भने नागरिकहरुले कोरोनाविरुद्ध खोप नलगाएका कारण संक्रमण बढेको बताएको छ । मानिसहरुमा भने खोपप्रति भरोसा कम छ । यही कारण स्पुतनिक भी खोप उत्पादन गरेको रुसमा जम्मा एक तिहाइ नागरिकले मात्र खोप लगाएका छन् ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, ‘संक्रमण बढिरहेको छ । यो अवस्थामा नागरिकहरुले बुझ्नुपर्छ कि बचाउका लागि खोप लगाउन जरुरी छ । यदि खोप नलगाउने हो भने तपाई मृत्युको जोखिममा पर्न सक्नुहुन्छ ।’

यद्यपि देशको स्वास्थ्य व्यवस्था राम्रो रहेको र कोरोनाको बढ्दो संक्रमण सामना गर्न सक्षम हुने समेत सरकारको दाबी छ । स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले कोभिडको कारण डराएका डाक्टरहरुलाई खोप लगाउन र काममा फर्किन अपील समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?