+
+

स्थानीय भाषा पढाउन महानगरले पठायो ५० वर्षभन्दा माथिका शिक्षक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १४:१८

१० कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत भाषा शिक्षक राखेको पाइएको छ ।

महानगरपालिकाले शैक्षिक सत्र २०७७ देखि आधारभूत तहमा अनिवार्य गरेको नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाउने शिक्षकको नियुक्ति नियमावली विपरीत गरेको हो ।

महानगरले नेपाल भाषा पढाउने अधिकांश शिक्षक ५० वर्षभन्दा माथि उमेर भएका शिक्षक पठाएको विद्यालयहरुको भनाई छ । नियमावलीमा शिक्षक नियुक्तका लागि ४० वर्ष पुरा नभएको हुनुपर्ने प्रावधान छ ।

काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेल स्थानीय भाषा अध्यापनका लागि शिक्षक छनौट गर्दा महानगरले अनुभवको आधारमा छनौट गरेको हुनसक्ने बताउँछन् ।

‘महानगरले नियमावलीले तोकेको उमेर हद भन्दा पनि कार्यरत हुनुहुन्छ अनुभवी हुनुहुन्छ भनेर छनौट गरेको हुनसक्छ ।’ उनी भन्छन् ‘हामी कहाँ पठाउनु भएको शिक्षकहरुले राम्रो पढाईरहनुभएको छ । फेरि महानगरले नै पठाएको शिक्षकको योग्यता माथि हामीले प्रश्न उठाउन पनि मिलेन ।’

महानगरपालिकाको ५१ औं बैठकबाट काठमाडौं महानगरपालिका अन्तर्गत सबै विद्यालयहरुमा नेपाल भाषा अनिवार्य पढाउनै पर्ने निणय गरेको थियो । महानगरले उक्त भाषा शिक्षणका लागि ९१ सामुदायिक विद्यालयका लागि १७२ जना शिक्षकलाई विज्ञापन गरेर नियुक्त गरेको थियो ।

कालीमाटि स्थित नील बाराही विद्यालयका प्रधानाध्यापक जानुका नेपाल महानगरले स्थानीय भाषा अध्यापनका लागि शिक्षक छनौट गर्दा सरकारी नियमलाई वेवास्ता गरेको बताउँछिन् ।

उनी भन्छिन् ‘महानगरले शिक्षक छनौट गर्दा सरकारी नियम वेवास्ता गरेको देखिन्छ । विभिन्न पदबाट सेवानिवृत्त हुनुभएकालाई नेपाल भाषा पढाउन पठाएको छ ।’

शिक्षक नियुक्ति गरिएको होइन प्रशिक्षण सहायक हो : महानगर

महानगरले भने शिक्षक नियुक्ति नभई भाषा पढाउने प्रशिक्षण सहायक लिएको जनाएको छ । महानगर नीजि विद्यालय व्यवस्थापन प्रमुख मोतिराज खनालले शिक्षक दरबन्दी भनेर नलिएको र भाषा पढाउने प्रशिक्षण सहायक करारमा लिएकोले नियमावलीले तोकेको उमेर हदबन्दी लागु नहुने बताउँछन् । उनी भन्छन् ‘हामीले सेवा करार लिएका हौं । शिक्षक नियुक्ति गरिएको छैन ।’

नगरको कार्यविधि कानुन अनुसार एक वर्षको लागि भाषावीद्को रुपमा, भाषा प्रशिक्षकको रुपमा र प्रशिक्षणको रुपमा करार लिईएको र उनीहरुलाई शिक्षक भन्न नमिल्ने खनालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?