+
+

पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते ११:२२

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । कोरोना महामारी अगाडि नै यो चलचित्र रिलिजका लागि तयार भएको  थियो । तर, २०७६ साल फागुन ३० गते रिलिज हुनुपर्ने यो चलचित्र कोरोना महामारीको सबैभन्दा ठूलो चपेटामा पर्‍यो ।

चलचित्रको प्रदर्शन मिति पोष्टपन्ड भएको करिब २० महिनापछि निर्देशक सुदर्शन थापाले नयाँ प्रदर्शन मिति घोषणा गरेका छन् । यो चलचित्रलाई निर्माणपक्षले माघ १९ गते रिलिज गर्ने घोषणा गरेको छ ।

चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै यसका निर्देशक तथा निर्माता थापाले माघको १९ गतेबाट चलचित्र रिलिज हुने जानकारी दिए । उनले भने, ‘दर्शकले चलचित्रको प्रतीक्षा गरिरहनुभएको छ । यसैले यो प्रेमकथाको चलचित्रलाई हामीले प्रेम दिवसको छेको पारेर रिलिज गर्ने तयारी गरेका हौं ।’

सुदर्शन थापा र नायिका पूजा शर्माको निर्माणमा तयार भएको यो चलचित्रका सहनिर्माता जन्मजय साम्पाङ राई हुन् ।

चलचित्रमा नायिका पूजा शर्मा, नायक पल शाहको साथमा कलाकारहरु हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको मुख्य भूमिका छ ।

चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी छ । शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको चलचित्रमा सुदर्शन थापाको कथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ बोलको गीत सुपरहिट भइसकेको छ । चलचित्रको ट्रेलरलाई पनि दर्शकले अत्याधिक मन पराएका छन् ।

निषेधाज्ञापछि प्रदर्शक र वितरकले चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि ‘म यस्तो गीत गाउँछु २’लाई प्राथमिकतामा राखेका थिए । ‘म यस्तो गीत गाउँछु’लाई दर्शकले अत्याधिक मन पराएका थिए । यसैको सिरिजको रुपमा तयार भएको लभ स्टोरी चलचित्र निर्देशनमा सुदर्शन थापा अगाडि देखिन्छन् ।

‘म यस्तो गीत गाउँछु २’ पनि दर्शकले प्रतीक्षा गरेको चलचित्र हो । यो चलचित्रले उल्लेख्य दर्शक तान्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?