+
+

सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीश जबरा समर्थकको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते ११:३६

२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विरोधमा प्रदर्शन भइरहेको बेला सर्वोच्च बाहिर जबराको समर्थनमा कानून व्यवसायीले प्रदर्शन गरेका छन् ।

सर्वोच्च बाहिर थोरै संख्यामा रहेका जबराका समर्थक कानुन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । जबराका समर्थक र विरोधी कानून व्यवसायीहरूबीच गेटभित्र र बाहिरबाट बाझाबाझ भएको थियो । थोरै संख्यामा रहेका जबरा समर्थक कानून व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जबराका समर्थक कानून व्यवसायीहरूलाई नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विचौलियाको संज्ञा दिए । उनले धर्नालाई सम्बोधन गर्दै भने, ‘ए विचौलियाहरू हो होस् गर् तिमीहरूको नाइकेलाई हामीले निकालिसकेका छौं भने तिमीहरूको केही लाग्ने छैन ।’ उनले घर जान उनीहरूलाई आग्रह गरे ।

गत शुक्रबार सर्वोच्च अदालत परिसर भित्र प्रवेश गर्न नपाएका कानून व्यवसायीहरू आज भने नेपाल बार एशोसिएसन तर्फको गेटबाट भित्र प्रवेश गरेका छन् । उनीहरूले सर्वोच्च परिसरभित्रैबाट मूल गेटमा धर्ना दिएका छन् । प्रधानन्यायाधीश जबरा भने गत शुक्रबारको दिन जस्तै एक नम्बर गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

तस्वीरहरू : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?