+
+

जबराले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई बारको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १९:०८

२८ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र उनले तोकेको इजलासमा सहभागी नहुन आग्रह गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुलाई छुट्टाछुट्ट चिठी पठाएको छ ।

बार महासचिव लीलामणि पौडेलले सबै न्यायाधीशलाई पत्र पठाएको बताए । उनले भने, ‘प्रधानन्यायाधीशमाथि हामीले गम्भिर आरोप लगाएर उहाँको राजीनामा माग गरिएकाले उहाँले तोकेको इजलासमा नबस्न र मुद्दाको सुनुवाई नगर्न माग गरेर अनुरोध सहित पत्र पठाएको हो ।’

सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषीराम घिमिरेका अनुसार, चिठीमा प्रधानन्यायाधीशमाथि आरोप लागेकाले उनले तोकेको इजलासमा संलग्न नभई उनलाईं सअहयोग गर्न सबै न्यायाधीशहरुलाई अनुरोध गरिएको हो । प्रधानन्यायधीश जबरालाई भने चिठी नपठाइएको बार महासचिव पौडेलले बताए । उनले भने, ‘उहाँको राजीनामा माग गरेर हामी आन्दोलित भएका छौं । उहाँलाई किन चिठी चाहियो र ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?