+
+

झापामा एमाले महाधिवेशन प्रतिनिधि चुनाव : वडाध्यक्षले जित्दा प्रदेश सांसद पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १९:४८
प्रदेश सांसद हिरा थापा

२८ कात्तिक, झापा । नेकपा एमालेको दशौं महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा झापा–४ (ख) का प्रदेशसभा सदस्य हिराकुमार थापा पराजित भएका छन् । थापा भीम आचार्य मुख्यमन्त्री हुँदा प्रदेश–१ का सामाजिक विकासमन्त्री थिए ।

निर्वाचनमा झापा–४ बाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनमा ३,५६२ मत खसेको थियो, जसमा कन्काइ नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले सर्वाधिक १,७०४ मत ल्याउँदै प्रतिनिधि चुनिए ।

धनबहादुर थोवे १,५३२, चन्द्रकुमारा शेर्मा १,४६२, राधाकृष्ण खनाल १,४००, खेमनाथ मिश्र १,३४० र भैरवकुमार श्रेष्ठ १,३०२ मत ल्याएर प्रतिनिधि चुनिए । श्रेष्ठ शिव सताक्षी –११ का वडाध्यक्ष हुन् । तर १,२२९ मत मात्रै ल्याएपछि पूर्वमन्त्री थापा प्रतिनिधि चुनिन सकेनन् । ६ जना प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा १६ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

महिलातर्फ अमृता राई २,३१४, चम्पादेवी खनाल २,२११ र इन्दिरा बस्नेत १,९३० मत ल्याएर प्रतिनिधि चुनिए । मंसिर १० देखि चितवनमा हुने एमालेको दशौं महाधिवेशनका लागि झापाबाट ४९ जना प्रतिनिधि चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?