+
+

अर्को वर्ष कोभिडबाट हुने मृत्‍यु रुघाखोकीको भन्दा कम हुन्छ: बिल गेट्स

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १७:५६

२ मंसिर, काठमाडौं। अमेरिकी अर्बपति बिल गेट्सले अर्को वर्षसम्म कोभिड-१९ बाट संक्रमित र मृत्यु हुनेको संख्या मौसमी रुघाखोकीबाट ज्यान गुमाउनेको भन्दा कम हुने दाबी गरेका छन् ।

बिल गेट्सले कोभिड संक्रमण र मृत्यु दर मौसमी रुघाखोकीको संक्रमण र मृत्यु दर भन्दा कम हुने दाबी गरेका हुन् ।

कोभिड खोप लगाउने मानिसको संख्या बढिरहेको र उपचार विधिमा सुधार आएका कारण संक्रमण तथा मृत्यु दर रुघाखोकीको भन्दा तल झर्ने उनको भनाइ थियो ।

तर घातक खाले नयाँ भेरियन्ट देखिएमा भने यस्तो अवस्था आउन नसक्ने पनि गेट्सले बताए । बिहीबार सिंगापुरमा आयोजित ब्लुमबर्ग न्यु इकोनोमी फोरममा भर्चुअल अन्तर्वार्ता दिँदै गेट्सले खोप, प्राकृतिक इम्युनिटी र आउँदै गरेको मौखिक उपचार विधिका कारण ‘संक्रमण र मृत्यु दर नाटकीय रुपमा निकै घट्नु पर्ने’ बताए ।

महामारीका बेला आफ्नो कुरा प्रस्टसँग राख्दै आएका गेट्सले खोप उत्पादन क्षमतामा देखिएको चुनौती आगामी दिनमा वितरण तथा घट्दो मागमा परिणत हुने समेत बताए ।

गेट्स र उनकी श्रीमतिको नाममा रहेको फाउन्डेशनले समेत खोप विकास तथा कोरोना भाइरस रोकथाममा संलग्न हुँदै आएको छ । बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनले कोभिड-१९ महामारीविरुद्ध विश्वव्यापी अभियान चलाउन समेत माग गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष इन्फ्लुएन्जाबाट झण्डै ६ लाख ५० हजार मानिसको मृत्यु हुने गर्छ । जबकि कोभिडबाट हालसम्म ५० लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?