
८ मंसिर, काठमाडौं । अक्षय कुमार, सारा अली खान र धनुष अभिनित हिन्दी चलचित्र ‘अतरंगी रे’को ट्रेलर सार्वजनिक भएको छ ।
म्युजिकल रोमान्टिक कथामा आधारित यो चलचित्र ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारमा डिसेम्बर २४ मा रिलिज हुनेछ । बुधबार सार्वजनिक गरिएको ट्रेलरमा दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्र बिहारकी युवती र तमिल युवकको प्रेमकथा समावेश छ ।
आनन्द एल रायद्वारा निर्देशित ‘अतरंगी रे’मा एआर रहमानको संगीत रहेको छ । बुधबार नै यो चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4