+
+

कांग्रेसको पाल्पा सभापतिमा पौडेल पक्षका श्रेष्ठ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १४:२५

११ मंसिर,बुटवल । नेपाली कांग्रेस पाल्पाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हिमालदत्त श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले पार्टी संस्थापन पक्षका कृष्णप्रसाद बस्याललाई झण्डै तेब्बर मत अन्तरले पराजित गरेका हुन् । निर्वाचनमा १ हजार ३१३ मत खसकोमा श्रेष्ठले ८९० मत प्राप्त गर्दा बस्यालले ३८१ मत पाएका छन् ।

जिल्ला कार्यसमितिको सबैजसो पदमा श्रेष्ठ प्यानलकै उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा ज्ञानबहादुर गाहा र झपेन्द्र गहिरे, सचिवमा सन्तोषकुमार थापा र सुनिता अधिकारी तथा सहसचिवमा विष्णुकुमार थापा र हुमिद मिया निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?