+
+

विद्युत जडान गर्ने क्रममा बुटवलमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १६:५५

१२ मंसिर, बुटवल । बुटवल उपमहानगरपालिकाको नयाँ बनेको प्रशासकीय भवनमा विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कर्मचारी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१२ घर भई बुटवल गोलपार्क बस्दै आएका ४७ वर्षीय बसन्त भुसालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

थ्री फेज विद्युत जडान गर्ने क्रममा भएको घटनामा बुटवल उपमहानगरपालिका–४ का २८ वर्षीय जितेन्द्र लोध र बर्दियाको राजापुर घर भई बुटवल–३ बस्दै आएका २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पंकज चुंदालीले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?