+
+

बलात्कारको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते २०:५५

१३ मंसिर, वीरगञ्ज । महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको बेला पर्सामा २ वटा बलात्कारका घटना सार्वजनिक भएको छ ।

वीरगञ्ज महानगरपालिकामा १७ वर्षीया किशोरी र जिराभवानी गाउँपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।

प्रहरीले १७ वर्षीया किशोरी बलात्कारको आरोपमा वीरगञ्ज–७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मी र १४ वर्षीया बालिका बलात्कारको आरोपमा जिराभवानी गाउँपालिका–२ बस्ने २० वर्षीय प्रभु साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनीहरु दुवैजना विरुद्ध पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्धामा म्याद लिई अनुसन्धान शुरु गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?