+
+

‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ को सूचीकरणका लागि सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १३:१७

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच ८ प्रतिशत नबिल डिबेन्चर २०८५ को सूचीकरणका लागि सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रम संख्या १ देखि २२ लाख ७ हजार १०८ सम्म अंकित तथा चुक्ता मूल्य रु. १ हजार कायम भएको कुल २२ लाख ७ हजार १०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको हो ।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि गत साउन १० गते आह्वान गरी साउन ३१ गते बाँडफाँड गरेको थियो ।

सूचीकृत ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ को दोश्रो बजारको कारोबार बिहीबारदेखि नेप्सेमा शुरु हुनेछ । ७ बर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी मिति २०८५ साउन ३० गते हुनेछ । साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?