+
+

शशांक कोइरालाले छाडे सभापतिको उम्मेदवारमा दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १९:०३

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा दावी छाड्न तयार भएका छन् ।

मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा कोइरालाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफू सभापतिमा दावी छाड्न तयार भएको बताए ।

बैठकमा उनले सबभन्दा पपुलर आफू भएको दाबी गरेका थिए । तर साझा उम्मेदवार दिन नसक्ने हो भने हार्ने भएकाले सभापतिमा दाबी छाड्न आफू तयार उनले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, ‘तपाईंहरु मिलेर आउनुहुन्छ भने मेरो आपत्ति छैन । मैले त छाडेँ, तीन जनामा छलफल भइरहेको छ ।’

अब साझा उम्मेदवार दिने सम्भावना बढेको उनले बताए । कतिपयले भोटिङ गरेर उम्मेदवार छान्न सुझाव दिएको भए पनि त्यो उपयुक्त नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?