+
+

भारतमा रक्षा प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १४:१६
तस्वीर : एएनआई

२२ मंसिर, काठमाडौं । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई-१७ भी ५ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ । हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ ।

दुर्घटनामा परी ४ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनास्थलबाट ४ जनाको शव बरामद भएको र गम्भीर घाइते ३ जनालाई अस्पताल भर्ना गरिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । तर मृतकको पहिचान भने खुलाइएको छैन ।

समाचारहरुका अनुसार सेना प्रमुख रावतलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको छ । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् ।

रावतलाई गत वर्ष जनवरीमा चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरिएको थियो । त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावत, रावतकी पत्नीसहित १४ जना सवार रहेका थिए । भारतीय वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन भन्दै छानबिन गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?