+
+

सभापतिको मतगणना सभागृहमा, अरु मत पार्टी कार्यालय लगिने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते २१:०९

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिनै लागेको छ । निर्वाचन समितिका अनुसार अब केही समय मात्र मतदाताले मतदान गर्न बाँकी छ ।

मतदान सकिएको एक घण्टामा मतगणना सुरु गर्ने तयारी छ । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका सभापतिका उम्मदेवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुनेछ । १० स्थानमा मतगणना गर्ने तयारी छ ।

अरुको मतगणना भने पार्टी कार्यालय सानेपामा हुनेछ । मतदान सकिएलगतै मतपेटिकाहरुलाई सिलबन्दी गरेर पार्टी कार्यालय लगिने र सभापतिको गणना सकिएपछि मात्र गनिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?