+
+

वैज्ञानिकले बनाए कोरोना परीक्षण गर्ने मास्क !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १९:०९

२९ मंसिर, काठमाडौं । विश्वमा कोरोना महामारी सुरु भएसँगै पछिल्लो करीब दुई वर्षदेखि नाकमुख छोप्ने मास्क मानिसहरुको अनिवार्य आवश्यकता बनिसकेको छ। वास्तवमा कोभिड संक्रमणबाट जोगिने सबैभन्दा उपयुक्त उपाय नै मास्क लगाउनु हो ।

महामारीको समयमा मास्क मानिसहरुको अनिवार्य पहिरन जस्तै बनेको छ र यसमा अनेक डिजाइन थप भइरहेका छन् । कोरोना महामारीको यो समयमा मास्कको काम कोभिड १९ भाइरसको संक्रमणबाट जोगाउनु मात्र रहेकोमा जापानी वैज्ञानिकहरुले कोरोना परीक्षण समेत गरिदिने मास्क तयार गरेका छन् ।

The high-tech material glows in the dark when it detects the presence of the virus

कोभिड परीक्षण समेत गर्ने उक्त मास्क यस्तो तरिकाले डिजाइन गरिएको छ कि यसले सामान्य रुपमा प्रयोग गरिएकै अवस्थामा कोभिड परीक्षण गर्न सक्दछ र यदि सम्बन्धित व्यक्ति संक्रमित रहेमा मास्कमा राखिएको एउटा बत्ती बलेर जानकारी दिनेछ ।

द सनमा प्रकाशित रिपोर्ट अनुसार क्योटो प्रान्तीय विश्वविद्यालयको शोधकर्ता टिमले कोभिड परीक्षण समेत गर्ने उक्त मास्क बनाएका हुन् । उक्त वैज्ञानिक टिमका प्रमुख यासुहिरो सुकामोतो हुन् ।

यो मास्क लगाएसँगै हरबखत मानिसको कोभिड परीक्षण भैरहन्छ । जब मास्क लगाएको मानिसले फ्याँक्ने स्वासमा कोभिड भाइरस हुन्छन् तब यो मास्कमा चम्किलो बत्ती बल्दछ र मानिस संक्रमित भएको जनाउ दिन्छ ।

आखिर त्यो मास्कभित्र त्यस्तो के चिज राखिएको हुन्छ जसले स्वास परीक्षण गरेर कोभिड भए नभएको पत्ता लगाउँदछ ? वास्तवमा जापानी वैज्ञानिकहरुले अस्ट्रिच कोशिकाबाट बनाउने माउथ फिल्टरको प्रयोग यो मास्कमा गरेका छन् ।

अस्ट्रिचका कोशिकामा यस्तो एन्टीबडीहरु हुन्छन् जसले कोरोना भाइरसलाई एकत्रित गर्दछन् । त्यसैले जब यो मास्क लगाउनेले स्वास फ्याँक्दछ तब स्वासमा भएका भाइरसलाई माउथ फिल्टरले एकत्रित गर्दछ र भाइरस परीक्षण हुन्छ ।

यो मास्क एक साधारण मास्क जस्तै गरी लगाइन्छ । जब मास्कलाई खोलिन्छ तब यसमा अस्ट्रिच कोशिकाका एन्टीबडी भएको स्प्रे गरिन्छ र परावैजनी किरणको सामुन्नेमा राखिन्छ । यसो गर्दा यदि मास्कको सतहमा कोरोना भाइरस भएमा मास्कमा एउटा लाइट चम्किलो देखिनेछ । परावैजनी किरणको साटो स्मार्टफोनको एलइडी लाइट समेत प्रयोग गर्न सकिन्छ ।

कोभिड परीक्षण गर्ने मास्क तथा यस्तो प्रविधिको पेटेन्ट दर्ता गरिसकिएको छ । छिटै जापान र अन्य देशहरुमा पनि यो मास्क उपलब्ध गराइने बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?