+
+

‘स्पाइडर म्यान’ हेर्न हलमा दर्शक उर्लिने संकेत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते ११:५६

१ पुस, काठमाडौं । शुक्रबारदेखि रिलिज हुन लागेको हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ले आक्रामक व्यापार गर्ने देखिएको छ । सोमबारदेखि नै नेपाली हलहरुमा यो चलचित्रको बुकिङ खुलेको थियो । सोमबार नै ‘स्पाइडर म्यान’को आक्रामक बुकिङ देखिएको थियो ।

बिहीबारसम्म शुक्रबार र शनिबारका लागि काठमाडौंका अधिकांश हलमा टिकट पाउन मुस्किल देखिएको छ ।

तिहारमा रिलिज भएको बलिउड चलचित्र ‘सूर्यवंशी’ले बम्पर व्यापार गरेको थियो । यसपछि रिलिज भएका अधिकांश बलिउड र हलिउड चलचित्रले दर्शक तान्न सकेका थिएनन् । तर, शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘स्पाइडर म्यान’ले भने बम्पर व्यापार गर्ने छनक देखाएको छ ।

नेपाली चलचित्रका निर्माता पुस महिनालाई जाडो महिना भन्दै रिलिज गर्न डराउँछन् । तर, हलिउड र बलिउडका चलचित्रले भने जाडो महिनामा पनि बम्पर व्यापार गरेका छन् ।

दर्शकले प्रतीक्षा गरेको चलचित्र आएको खण्डमा व्यापारका लागि कुनै पनि समय सुखद् हुन्छ भन्ने उदाहरण ‘स्पाइडर म्यान’ बन्ने देखिएको छ ।

यो चलचित्रलाई क्यूएफएक्स चेनले ६३ शो उपलब्ध गराएको छ । देशभरका ६३ शोमा नै आक्रामक बुकिङ देखिनुले पनि शुक्रबार र शनिबार चलचित्रले बम्पर व्यापार गर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?