+
+

कांग्रेस महाधिवेशन : २८ सय मत गणना हुँदा कसले कति मत पाए ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १५:०२

४ पुस, काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको करिब २८ सय मत गणना सकिएको छ ।

पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म २८ सय मत गणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा छन् । उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रमेश लेखक छन् ।

शशांकले २२०८, एनपी साउदले १७१६, खाँणले १६७६, राणाले १६२५ मत पाएका छन् । कांग्रेस महाधिवेशनमा करिब ४७ सय मत खसेको थियो । खुलातर्फको केन्द्रीय सदस्यको मतगणना आइतबार साँझसम्म सक्ने निर्वाचन समितिको तयारी छ ।

धेरै मत पाउने १३ जनाको सूची हेर्नुहोस् :

१. शशांक कोइराला २२०८
२. एनपी साउद १७१६
३. बालकृष्ण खाँण १६७६
४. उदयशम्शेर राणा १६२५
५. रमेश लेखक १६१४
६. शंकर भण्डारी १५९७
७. ज्ञानेन्द्रबहादुर कार्की १५९६
८. रामहरि खतिवडा १५८४
९. अर्जुन नरसिंह केसी १५४२
१०. जिपछिरिङ लामा १४९१
११. गोपालमान श्रेष्ठ १४८४
१२. जितजंग बस्नेत १४३८
१३. नैनसिंह महर १४२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?