+
+

एमसीसीबारे पार्टीको धारणा फेरिएको छैन : महरा

बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले परिमार्जन नगरी एमसीसी अगाडि बढाउन हुन्न भन्ने पार्टीको आधिकारिक धारणा रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १५:१६

७ पुस, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे पार्टीको धारणा नफेरिएको बताएको छ ।

बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले परिमार्जन नगरी एमसीसी अगाडि बढाउन हुन्न भन्ने पार्टीको आधिकारिक धारणा रहेको बताए । ‘हाम्रो पार्टीको धारणा अहिलेसम्ममा परिमार्जन नगरी राष्ट्रिय सहमति नगरी एमसीसी अगाडि बढाउन हुन्न भन्ने हो’ प्रवक्ता महराले भने ।

संसदको चालु हिउँदे अधिवेशनबाट एमसीसी अुनमोदन गराउने प्रयास भइरहेका बेला पाँच दलीय सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रले परिमार्जन बिना अघि बढाउन नहुने दोहोर्‍याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?