+
+

रौतहटको जन्ती बोकेको कार दुर्घटनामा मृत्यु हुनेमध्ये ४ जनाको सनाखत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १८:२९

१३ पुस, रौतहट । रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत भएको छ । मंगलबार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय कार गरुडामा दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको गढिमाइ नगरपालिका–३ का १६ वर्षका शेख नैवसाद, २२ वर्षका शेख सैनुल्हा, ५५ वर्षका मोसाफिर अन्सारी र २५ वर्षका शेख छोटु रहेका छन् । अर्का मृतकको भने सनाखत भइ नसकेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीका अनुसार कारमा सवार ८ जनामध्‍ये तीनजना घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?