+
+

सप्तरीमा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १६:५६

१८ पुस, सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदामा दई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन्।

सप्तकोशी नगरपालिका वडा नम्बर ४ तुलसी टोलस्थित कञ्चनपुर-फतेपुर सडक खण्डमा स.५प ३११८ र को. २२ प १५५८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँखा दुबै दुवै मोटरसाइकल चालकको ज्यान गएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा परी स.५प ३११८ नम्बरको मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका वडा नं. ७ का सुभास बस्नेत र को. २२ प १५५८ नम्बरको मोटरसाइकल चालक उदयपुरको चौदण्डीगढी नगरपालिका-९ भिमा टोलका २८ वर्षीय हरिशंकर चौधरीको मृत्यु भएको हो । दुवैको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको काफ्लेले बताए ।

दुर्घटनामा मृतक बस्नेतकी पत्नी ममता सापकोटा, उनका ८ वर्षीय छोरा सम्मर बस्नेत, एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् ।

चौधरीको मोटरसाइकलमा सवार सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ९ बस्ने ३५ वर्षीय रोहित चौधरी पनि घाइते भएको र उनीहरुको स्थानीय स्तरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका दुवै मोटरसाइकल नियन्त्रणमा लिएको र दुर्घघटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?