+
+

भारतमा मुस्लिम महिलालाई लिलामीमा राखेको आरोपमा तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १२:५८

२१ पुस, काठमाडौं । भारतमा ‘बुल्ली बाई’ नामक अनलाइन एपमा तस्वीररसहित सयबढी मुस्लिम महिलालाई लिलामीमा राखेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

बुधबार मुम्बई प्रहरीको साइबर अपराध शाखाले ‘बुल्ली बाई’ एप प्रकरणमा संलग्न रहेको आशंकामा थप एक जना पक्राउ गरेको पीटीआईले जनाएको छ । प्रहरीले उत्तराखण्डका २१ वर्षीय विद्यार्थी मायन्क रावललाई पक्राउ गरेको हो ।

रावल ‘बुल्ली बाई’ प्रकरणमा पक्राउ पर्ने तेस्रो व्यक्ति हुन् । प्रहरीले यसअघि सोमबार र मंगलबार गरी दुई जनालाई पक्राउ गरिसकेको जनाएको छ । सोमबार बेङगलुरुबाट इन्जिनियरिङ पढ्दै गरेका २१ वर्षीय विशाल कुमार र मंगलबार उत्तराखण्डबाट १९ वर्षीया श्वेता सिंह पक्राउ परेका थिए। सिंहलाई उक्त काण्डकी प्रमुख पात्र ठानिएको छ ।

एक वर्षभित्र अनलाइन एपमा मुस्लिम महिलालाई लिलामीमा राखिएको यो दोस्रो घटना हो। ६ महिनाअघि समेत यसरी नै ‘सुल्ली डिल्सु’ नामक एपमा झण्डै ८० महिलालाई बिक्रीमा राखिएको थियो । तर उक्त प्रकरणमा हालसम्म कोही पनि पक्राउ परेका छैनन् ।

मुस्लिम महिलाका लागि अपमानजनक शब्द मानिने ‘बुल्ली बाई’ राखेर बनाइएको एपमा तस्वीरसहित सयभन्दा बढी महिलालाई लिलामीमा राखिएको समाचार बाहिर आएपछि भारत सरकारले यसबारे छानबिन गरिरहेको छ ।

केही दिनयता भारतका मुस्लिम महिलाले अनुमतिबिना आफ्नो तस्वीर राखेर माइक्रोसफ्टको स्वामित्वमा रहेको गिटहब नामक सफ्टवेयरमा ‘बुल्ली बाई’ एप सिर्जना गरेको बताएका छन् ।

आइतबार आफू समेत उक्त एपको निशानामा परेको भन्‍दै उजुरी लिएर प्रहरीसमक्ष पुगेकी दिल्लीस्थित पत्रकार इस्मत आराले बताएकी छिन् । उनले बुल्ली बाईमार्फत् मुस्लिम महिलामाथि दुर्व्यवहार गर्न खोजिएकोसमेत आरोप लगाएकी छिन् ।

उनले प्रहरीसमक्ष दिएको उजुरीभन भनेकी छिन्, ‘उल्लिखित गिटहब हिंसात्मक तथा खतरनाक छ र यसको लक्ष्य घृणासहित निशानामा परिरहेका मुस्लिम समुदायका महिला तथा मसहितका सबै महिलाको मनमा डर एवं हिनताबोध पैदा गर्ने रहेको छ।’ एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?