
काठमाडौं । यामाहा नेपालले उच्चतम फ्यूल इफिसिएन्सिका लागि बुधबार रेजेडआर १२५ एफआई स्कुटरको र्याली आयोजना गरेको छ ।
महाराजगञ्जस्थित यामाहा शोरुमबाट शुरु भएको र्याली बूढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ई-को रिसोर्ट पुगेर सम्पन्न भएको थियो ।
यस पटकको र्यालीको बिजेता प्रति लिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी बनेका छन् । प्रति लिटर ७४ केमिका साथ भीमबहादुर आले दोस्रो बन्दा प्रति लिटर ७३.५ केमीका साथ संजिता महर्जन तेस्रो भएकी छन् ।
यसअघि मंसिर १७ गते आयोजना गरिएको रेजेडआर १२५ एफआई माइलेज च्यालेन्जको उपाधि उज्वला घिमिरेले जितेकी थिइन् । प्रतियोगितामा प्रतिलिटर लिटर ६१.४२ किलोमिटरका साथ उनी विजेता बनेकी हुन् ।
रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4