+
+

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली सम्मानित 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १६:१४

२५ पुस, काठमाडौं । मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छन् ।

काठमाडौंमा शुक्रबार आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ मा सीईओ खुञ्जेली ‘बेस्ट फिमेल अवार्ड २०२१’ बाट सम्मानित भएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

अवार्डले आफूलाई थप जिम्मेवारीबोध गराएको सीईओ खुञ्जेलीको प्रतिक्रिया छ ।

खुञ्जेली नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सीईओ हुन् । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दी एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो ।

सन् १९९१ मा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर शुरु गरेकी खुञ्जेलीसँग ३० वर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?