+
+

काजकस्तानमा हिंसात्मक झडपपछिको अवस्था सामान्य बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १५:१५

२६ पुस, काठमाडौं । गत हप्ता भएको हिंसात्मक झडपपछि काजकस्तानको जनजीवन सामान्य अवस्थातर्फ फर्किन लागेको छ ।

काजकस्तानको पूर्वराजधानीसमेत रहेको अलमाटीमा बुधबारदेखि बन्द भएको इन्टरनेट तथा टेलिफोन सेवा पुन:सञ्चालन भएको छ । पाँच दिनसम्म बन्द गरिएको इन्टरनेट सेवा सोमबार पुन:सञ्चालन गरिएको टीआरटी वर्ल्डले जनाएको छ । त्यस्तै, हिंसाबाट सबैभन्दा प्रभावित बनेको उक्त शहरमा सार्वजनिक सवारीसमेत गुड्न थालेका छन् ।

यसबाहेक, सुपर मार्केटहरू खुल्न थालेको स्थानीय सैनिक अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति कसिम जोमार्ट टोकायभको कार्यालयले आइतबार मुलुकमा शान्ति एवं सुव्यवस्था पुन: कायम भएको जनाइसकेको छ ।

समाचारअनुसार गत हप्ता काजकस्तानमा इन्धनको मूल्य वृद्धिलाई लिएर भएको विरोध प्रदर्शन हिंसात्मक बन्दा १६४ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये १६ जना प्रहरी रहेको अधिकारीहरूको भनाइ छ । प्रदर्शनकारीले सरकारी भवनमा तोडफोड गर्न थालेपछि अलमाटी र माङगिस्टाउ प्रान्तमा दुई हप्ताका लागि संकटकाल घोषणा गरिएको छ ।

अवस्था हिंसात्मक बन्दै गएपछि राष्ट्रपतिले रुसको नेतृत्वमा रहेको सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ)लाई सहयोग गर्न अनुरोध गरेका थिए । राष्ट्रपति टोकायभको अनुरोधपछि रुसले काजकस्तानमा शान्ति एवं सुव्यवस्था पुनर्बहाली गर्न भन्दै फौज पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?