+
+

गोल्डेन ग्लोब अवार्डमा ‘द पावर अफ डग’ उत्कृष्ट फिल्म, अभिनेतातर्फ विल स्मिथ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १९:०४
'किङ रिचार्ड'को एक दृश्यमा अभिनेता विल स्मिथ

२६ पुस, काठमाडौं । ७९ औं गोल्डेन ग्लोब अवार्ड प्रदान गरिएको छ । आइतबार अमेरिकाको लस एन्जलसमा एक समारोहको आयोजना गरी विभिन्न २५ विधामा अवार्ड प्रदान गरिएको हो । कोरोना महामारीका कारण दर्शकको सहभागिताविना अवार्ड बाँडिएको थियो ।

यस पटकको गोल्डेन ग्लोब अवार्डमा ‘द पावर अफ द डग’ले ड्रामातर्फ उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ भने म्युजिकल तथा कमेडी विधातर्फ ‘वेस्ट साइड स्टोरी’ उत्कृष्ट चलचित्र ठहरियो । उत्कृष्ट विदेशी भाषाको चलचित्रको अवार्ड जापानी चलचित्र ‘ड्राइभ माइ कार’ले जित्न सफल भएको छ ।

यस्तै ‘किङ रिचार्ड’बाट विल स्मिथले ड्रामातर्फ उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्दा निकोल किडम्यान ‘बिइङ द रिकार्डोस’बाट उत्कृष्ट अभिनेत्री घोषित भइन् । यसैगरी म्युजिकल तथा कमेडी विधातर्फ ‘टिक टिक बुम’बाट एन्ड्रयु गारफिल्ड उत्कृष्ट अभिनेता र रचेल जेग्लर ‘वेस्ट साइड स्टोरी’बाट उत्कृष्ट अभिनेत्री छानिइन् ।

उत्कृष्ट निर्देशकको अवार्ड ‘द पावर अफ डग’बाट जेन क्याम्पियनले प्राप्त गरे ।

गोल्डेन ग्लोब अवार्ड चलचित्र र टेलिभिजनका विभिन्न विधामा प्रदान गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?