+
+

व्यक्तिगत रुपमा गरिने कोरोना परीक्षण रिपोर्टको नतिजा पठाउन स्वास्थ्य मन्त्रालयको अपील

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १७:३०

१६ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिगत रुपमा कोभिड–१९ विरुद्धको परीक्षण गरिएको रिपोर्टको नतिजा सरकारी निकायलाई जानकारी गराउन सम्बन्धित पक्षसँग अपील गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले आइतबार एक सूचना जारी गर्दै कोरोना महामारीको व्यवस्थापनका लागि संक्रमितहरुको यकिन तथ्यांक प्राप्त हुनु आवश्यक रहेको भन्दै यस्तो निर्देशन दिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचिकृत किटहरु प्रयोग गरी प्रयोगशाला बाहिर हुने कोभिड–१९ परीक्षणको नतिजाको जानकारी सरकारी निकायहरुलाई गराउन मन्त्रालयले अपील गरेको हो ।

मन्त्रालयले कोरोना परीक्षण गराउने संघ, संस्था, निकाय, नियोग र सर्वसाधरणका लागि फरक फरक ढाँचा तयार गरी परीक्षणको रिपोर्टको नतिजा पठाउन भनेको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?