+
+

नेपालका बहुसांस्कृतिक विशेषताहरू मौलिक पुँजी हुन् : अध्यक्ष ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १०:१६

१९ माघ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालका बहुसांस्कृतिक विशेषताहरू मौलिक पुँजीको रुपमा रहेको बताएका छन् ।

तामाङ समुदायको पर्व सोनाम ल्होछार अर्थात नयाँ वर्षको अवसरमा शुभकामना दिंदै अध्यक्ष ओलीले यी विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देभभित्र रहेका विभिन्न जातजातिका संस्कृतिमा आधारित पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधार भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले यस पर्वले तामाङ समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?