+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

गिनी बिसाऊको असफल ‘कु’ प्रयासमा ११ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते ९:०७

२० माघ, काठमाडौं । अफ्रिकी मुलुक गिनी बिसाऊमा मंगलबार भएको असफल कु प्रयासमा ११ जनाको ज्यान गएको पुष्टि भएको छ ।

बुधबार गिनी बिसाऊका पर्यटनमन्त्री एवं सरकारका प्रवक्ता फर्नान्डो भाजले पत्रकार सम्मेलनमार्फत् मंगलबार भएको सत्तापलटको असफल प्रयासमा ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनका अनुसार ज्यान गुमाउनेमा सर्वसाधारण, सुरक्षा गार्ड र सैनिक रहेका छन् ।

भाजले ‘कू’ प्रयासको घटनालाई ‘हिंसात्मक र बर्बरतापूर्ण’समेत भनेका छन् ।

मंगलबार गिनी बिसाऊका राष्ट्रपति उमारो सिसेको इम्बालोलाई सत्ताच्युत्त गर्ने प्रयास स्वरुप उनीमाथि बन्दुक आक्रमण भएको थियो । राजधानी बिसाऊस्थित सरकारी भवनमा इम्बालो र प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बसिरहेका बेला भारी हातहतियारसहित बन्दुकधारीले भवन घेरेका थिए ।

सरकारी भवन घेरेका बन्दुकधारीसँग ५ घण्टासम्म भिडन्त भएको थियो । भिडन्तमा परी सैनिक, प्रहरी र सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको थियो । ज्यान गुमाउनेमा कृषि मन्त्रालयका उच्च अधिकारी र उनका ड्राइभरसमेत रहेका छन् ।

मंगलबारको घटनालगत्तै राजधानी बिसाऊ सुनसान देखिए पनि हाल बैंक र पसल खुल्न थालेको एएफपीका संवाददाताले जनाएका छन् । हाल सेनाले सडकमा गस्ती गरिरहेको छ भने मुख्य सरकारी भवनमा कसैलाई प्रवेश गर्न दिइएको छैन ।

सन् १९७४ मा पोर्चुगलबाट स्वतन्त्र भएयता गिनि बिसाऊमा ४ पटक सैनिक ‘कू’ भइसकेको छ । भ्रष्टाचारले थला परेको उक्त मुलु ल्याटिन अमेरिका र युरोपबीच कोकिन तस्करीको मुख्य मार्ग समेत बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?