+
+
कथा :

तीन जना

डा. विनोद ढकाल डा. विनोद ढकाल
२०७८ माघ २२ गते ११:००

बाहिर अन्धकार बाक्लिंदै थियो । सुत्ने कोठाको सोफामा किताब खोलेर पढ्दै थिएँ । अनायासै मुटु काप्न लाग्यो । मभित्रको पुरुष मात्तिन लागेको थियो । कारण स्पष्ट थियो । मेरो अगाडि एक स्त्री उन्मत्त ओछ्यानलाई सुताइरहेकी थिई । स्त्रीको अर्धनग्न पुष्ट एकअर्कालाई लुकाउन खोज्दैथिए । पातलो कपडाले उनीहरूलाई पूर्ण रूपमा छेक्न सकेको थिएन ।

जवानी ?

युवती ?

आज विशेष राम्री लाग्यो- आफ्नै श्रीमती ।

रातझैं वयस्क हुँदै गरेको मेरो होस मग्न हुने विचार गर्दैथियो । उनी ओछ्यानले दिएको सपनीमा मस्त थिइन् । म उनकोे छेउ जवान हुने प्रयत्न गर्दै थिएँ । मेरा हातहरू कामदेवका सिकार बन्न लागे । उनका संवेदनशील अंग सुम्सुम्याउन उद्यत थिए । उसले निऽा खोलेको संकेत दिई ।

‘बुढो हवसले भरिएको छ आज’, उनको आँखामा तन्द्रा थियो ।

‘कति दिन पछि ?’ म आफैंले आफैंलाई प्रश्न गर्दैथिएँ ।

‘भयो होला एक, साढे एक महिना, म साँढे हुन नपाएको ।’

‘किन बुढी नराम्री छे ?’

‘राम्री पनि होइन ।’

‘के पहिलैदेखि ?’

‘एक दुई जनाको प्रेम प्रस्ताव टुक्राएकी रे उसले । केटाको आँखा पक्कै फुटेका थिएनन् । आँखा फुटेकाले मात्र हेर्ने नराम्री पनि होइन ।’

भागी बिहे हाम्रो । आमाबुवाले बिहे गरिदिने बित्तिकै भागेर काठमाडौं आएको । अहो ! १७ वर्ष भएछ । भागेकोमा आमाबुवा खुसी हुनुहुन्थ्यो । आजकाल उहाँहरूमा पहिलाको खुसी पाउँदिनँ । भागेको परीक्षाको नतिजा हामीले दिनसकेका थिएनौं । आमा मलाई अर्को बिहे गर भन्दै हुनुहुन्थ्यो । हरेक भेटमा आमाको प्रश्न टार्न अनेक बहाना बनाउँथें म ।

बुढी विश्वविद्यालय पढाउँथी । महिलाहरूको जागरणको अग्रणी थिई । म परियोजनाको नेता भएको थिएँ । सिकारु कार्यालयका दिनहरू गाह्रो हुन्छन् तर वषर्ाैंपछि अफिस नरम भएका थिए तर उनमा नरमपना हराउँदै थियो । उनको अवशेषमा पहिलेको कामुकता थिएन । अन्तरालले तन्तुमा नयाँ सौन्दर्य दिने मात्र हो नत्र आजकाल उनमा विशेषपना पाउँदिनँ । पक्कै उनी पनि ममा पाउँदिनन् ।

उनको आकारलाई उमेरले भरिदिएको थियो । तौल धेरै भएको थियो । पेट ठूलो भएको थियो तर हर नारीको झंै उनको जाँघमा कामुकता अझै थियो । उनमा भएका कामुकताको मजा मेरा आंैलाहरूले भरपुर लिंदै थिए । प्रोफेसरको परिपक्व शरीर मेरो थियो । अहिले पनि । उनी आफूहरू मलाई सुम्पँदै थिइन् अथवा भनौं म आफैं उनीबाट लिंदै थिएँ- उनी । उनी प्रतिरोध गरिरहेकी थिइनन् । म सोच्दै थिएँ- ‘समाजमा हवसका लागि उपयोगी अंग मात्र छोपिने गरिंदो रहेछ ।’

धेरै सोचहरूपछि उनी वैमनस्यको भाव लिएर प्रश्न गर्न लागिन् – ‘आज पनि बिजुली मात्र चम्किन्छ जस्तो छ ।’

बुढीको प्रश्नमा म खिन्न भएँ । आजकल यौनमा सोचहरू आउन थालेका छन् । म आफ्नो पुरुषत्वको आकार बढाउन सकिरहेको थिइनँ । केही वर्ष भयो यो प्रश्न आउन थालेको । यो प्रश्नको चक्रव्यूहमा म हरेक दिन झन्झन् फसिरहेको छु । म आत्तिंदै प्रक्रिया बढाउन लागें । उनलाई आत्तिएको आभास दिनु भएको थिएन । ल्यापटप खोल्न लागें ।

‘बुढी भएर पुगेन ?’ उनको अर्को घोचाइ आयो ।

दोस्रो प्राथमिकताको सफलताको लागि शायद समय ढिलो भएछ । कहिले म तयार भइनँ । कहिले उनी तयार भइनन् । कहिले समय तयार भएन । जब सबै तयार भयो भाग्य रिसाएको रहेछ । शायद भाग्य आउन तयार हुँदैथियो । बाँधमा अड्काइएको पानी जस्तै । जब ढोका खोलियो ऊ हुरुरु आयो हतारमा

ल्यापटपमा भएको अश्लील भिडियोको सहारा लिने चाहना मात्र बने ।

‘के पुरुषको मात्र यौनमा सहभागी हुने जिम्मा हो ?’ मैले सोधें ।

‘तिमी आफ्नो काम गर’ बुढीले भनी, ‘म थाकेको छु ।’

कुरा दुईर् तीन दिन अघिको हो । अफिसमा पुष्ट छाती, पुष्ट जाँघ, कलिलो उमेर लिएर एक युवती कसिएको जिन्स र आधा खुलेको सर्टमा आएकी थिई । म विस्तारै ढोका बन्द गरेर उसको सुत्ने कोठामा गएँ अनि विस्तारै युवतीको जिन्स र सर्ट खोल्न लागें । उसको हरेक पुष्ट्याइँको नाप लिँदै थिएँ म । आँखा बन्द थिए । बन्द कोठाभित्रको अँध्यारोमा सहजै ओठले ओठ भेटाइरहेको थियो । म उनको यौवनमा रम्दै थिएँ । म आफैंलाई उठाउन सफल भएँ । कल्पनामा विभूत भएर होला आफ्नो बुढीको आकार कमलो लाग्न लाग्यो ।

‘के हो ? आज बुढो मूडमा छ ।’ बुढीले जिस्काई अनि निस्फिक्री आफूलाई मेरोमा छोडेर मेरो हवसको आनन्द लिन लागी । म उनीमाथि हावी हुँदै थिएँ । उसलाई सन्तुष्टि दिंदा म सोच्दै थिएँ- कोही कसरी नारीवादी भए पनि खाटमा पुरुषलाई प्रभुत्व जमाउन दिन सक्छन् ? त्यो पनि एक दुई दिन होइन सधैं ।

महिला पहिला । वास्तवमा म पो रहेछु नारीवादी । उनी आँखा चिम्लिएर आफ्नै शरीरको सन्तुष्टि लिंदै थिइन् ।

बुढीको सन्तुष्टि पछि म आफ्नो लागि तृप्ति खोज्न लागें । बुढी उस्तै मेरो हवसको निगाहमा थिई । बुढी म कसरत गरेको ट्वाल्ल हेरिरहेकी थिई । म आफू पसिनाले भिज्दै थिएँ । उनको आँखामा म उनै कलिलो जाँघ खोजिरहेको थिएँ । भेट्टाइनँ । अनि आँखा चिम्म गरें । मेरो उत्तेजना सगरमाथाको चुचुरोमा पुगेर गुल्टन लाग्यो । मेरा हवसका प्रतिफलहरू सुन्दरीभित्र खनिन तत्पर भए । आजकाल कहाँ खनिन्छ मतलब हुन छोडेको छ । आजकाल निस्फिक्री खस्ने गर्छन् तर परिणाम शून्य छ ।

म पसिनाले भिजेर उनको छेउमा पल्टन खोज्दैथिएँ । बुढी अर्कोतर्फ फर्केर घुँक्क घुँक्क रुन लागिन् । म उनीतर्फ फर्केर उनीसँग सुस्ताउन लागें । बुढी मेरो अँगालोमा आइन् । उनी रोएपछि मेरो मन यसै भारी भएर आउँछ । मन दोषी महसुस गर्छ । सम्भोगपछि उनी सधैं अपूर्ण चाहनाको पिरले रुने गर्छिन् । म मनमनै रोइरहेको हुन्छु ।

बिहान ओछ्यानमा बुढी थिइनन् । म ओछ्यानमा पल्टेर निकैबेर टोलाइ राखें । पर्दा खोलें । पल्लो घरको आँगनमा बच्चा विद्यालय जान झगडा गर्दै थियो । बच्चा साइन बाइकको अगाडि ट्याङ्कीमा बसाइयो । बाइक तीन जना लिएर गुड्यो ।

मोटरसाइकल कुद्दा मन टक्क अडियो । सोच्दै थिएँ- चाहनाहरू वर्गमा विभाजित छन् । कोठामा बस्ने त्यो परिवार र आफ्नै घरमा बस्ने म । उनीहरू पूर्ण परिवारको श्रेणीमा अघि छन् । म सपनामा अघि छु । उनीहरूको जस्तो पूर्णता पाउने चाहना लिएको वर्षौं भयो तर आजसम्म असफल छु । आर्थिक र शैक्षिक सफलता पहिलो प्राथमिकतामा परे । दोस्रो प्राथमिकताको सफलताको लागि शायद समय ढिलो भएछ । कहिले म तयार भइनँ । कहिले उनी तयार भइनन् । कहिले समय तयार भएन । जब सबै तयार भयो भाग्य रिसाएको रहेछ । शायद भाग्य आउन तयार हुँदैथियो । बाँधमा अड्काइएको पानी जस्तै । जब ढोका खोलियो ऊ हुरुरु आयो हतारमा ।

त्यो दिन म अफिसमा आफ्नो काममा व्यस्त थिएँ । उनको फोन आएको थियो । उनी खुसी थिइन् । पेट दुख्यो भन्दै थिइन् । अस्पताल जाँदै रहिछिन् । म हतारमा उनी कहाँ पुगें । अल्ट्रासाउण्डको छेउमा बस्दा उनी उत्सुक थिइन् । डाक्टर थकानमा थिए । डाक्टरमा उनै आँखा थिए जुन उनले हरेक बिरामीलाई देखाउने गर्थे । डाक्टरको आँखा केही समय तेजिलो भयो अनि उसै अर्को क्षणमा सेलायो । म मोनिटरमा केही केलाउँदै थिएँ । उनी डाक्टरको भाव हेर्दै थिइन् । अकस्मात् मेरो आँखा उनको आँखामाथि परे । उनी डराइरहेकी थिइन् ।

डाक्टरले एक छिन कुर्न लगाए अनि रिपोर्ट दिए ।

‘प्रसूतिको डाक्टर छिटो भेट्नुहोला’, डाक्टर भन्दै थिए ।

हामी खुसी थियौं । उनको पिसाब जाँच गर्दा बिहानै खुसीको समाचार पाइसकेका थियौं । थप प्रश्न नगरी हामी डर र खुसी मिसाउँदै प्रसूति डाक्टरकोमा पुुग्यौं ।

रिपोर्ट हेरिसकेपछि डाक्टरले बुढीको खुसीले भरिएको अनुहारमा हेरिन् र दुःखी भइन् । म डर लिएर छेउमा उभिएको थिएँ ।

‘धेरै प्रयासपछि भएको बच्चा हो ?’

‘हो म्याम ।’ मैले डराउँदै उत्तर दिए ।

‘आइ एम सरी । अपरेशनको लागि तयार हुनुस्’ डाक्टर भन्दै थिइन् ।

‘के भन्दै हुनुहुन्छ डाक्टर ?’ बुढीको अनुहारको बाँकी भएको खुशी हरायो ।

बच्चा गलत ठाउँमा बसेको छ । इक्टोपिक पि्रग्नेन्सी हो । बच्चा ननिकाल्ने हो भने आमाको ज्यानको खतरा हुन्छ ।

हतारोमा काम बिगारेछ भाग्यले । हाम्रो खुसी पाठेघरमा पुगेर घर बनाउन पर्ने बाटोमै घर बनाउन पुगेछ । इक्टोपिक भएको थाहा पाएपछि उनको नबगेको आँशु र रुञ्चे अनुहार सम्झँदा आज पनि मेरो मन कुँडिन्छ । हाम्रो खुसी हामीलाई बाछिटा हानेर गयो । हामीलाई रुझाउन चाहेन । धेरै समय हामीसँग बस्न मानेन । शायद उसलाई उपेक्षा गरेको कारण उसले हाम्रो अपेक्षा पूर्ण गरिदिन चाहेन । दुःख मनाउने समय थिएन । छिटो अपरेशन नगर्ने हो भने मेरी उनीलाई गुमाउने सम्भावनासँग म खेल्न चाहन्नथें ।

त्यसका दुई तीन दिन अस्पतालको निजी कोठामा हामी अँगालोमा बाँधियौं । उनीलाई फकाउन ममा शब्द थिएन । ओठमा भन्दा अँगालोको शब्दमा सहानुभूतिका ढाडस पाइन्छ । अरू कसैको हात हामीले चाहना गरेनौं । हामी हाम्रो सानो संसार बसाउन चाहन्थ्यौं ।

ठिक छ । म सम्हालिन खोज्दै थिएँ । दुई जनाको संसार पनि सानो हुँदैन । हामी दुःखसुखका साथी । दुःख बाँड्दै थियौं । एउटा मात्र रहेको डिम्बवाहिनी नलीको (फैलोपियन ट्यूब) आशा अझै जिउँदै थियो । उनमा डर थियो । उनको डर ममा सरेर मभित्र विक्षिप्त हुन लागेको थियो ।

आमाको ज्यानको अधिक माया थियो मलाईर् । एकचोटिको असफलताले बारम्बार असफलताको डर लिएर आउने गर्दोरहेछ तर हामीले हरेस खाएका थिएनौं । हाम्रो रहरको सामु डर गुमनाम हुन थालेको थियो ।

तर आज धेरै वर्ष भयो । आशा गर्न छोडेको ।

फल र रूखमा जहिल्यै रूख प्राथमिकतामा राख्नुपर्छ । रूख रहे पो पछि फलको आशा गर्न सकिन्छ । म नदेखेको फललाई भन्दा मेरी प्यारी रूखलाई बढी माया गर्छु । माया शेयरको सूचकांक जस्तै उतारचढाव भइरहेको थियो हामीमा । ती दिन मायामा थियौं हामी । दुःखमा माया देखिन्छ । दुःखमा थियौं हामी । आजकाल सूचकांक हेर्ने मतलब न उनलाई छ न मलाई।

कोठा बाहिर आएँ । काम गर्ने दिदीले खाना बनाएर गइसकिछन् । खाना खाइसकेपछि ल्यापटपमा गाना बजाउँदै म बाथरुमतिर लागें ।

अर्को दिन बाथरुमबाट बाहिर आउँदा ल्यापटपमा कटि्रना र सन्नी लियोनी आफू पस्कँदै थिएँ । मेरो काम रमाइलो थियो । घरबाटै अफिसको काम गर्न सकिन्थ्यो । घरमा काम पनि, रमाइलो पनि । एक्लै हुने रमाइलोको लत लागिसकेको थियो मलाईर् । म ल्यापटपमा केही खोज्न लागें । भिडियोमा हिरोइन नग्न थिई । ऊ अर्को नग्न केटासँग थिई । अनेक आकारप्रकारमा थिई । धेरै भएछ मेलै मेरी उनीसँग यसरी अन्तरङ्ग नगरेको । म बाथरुम फेरि छिरें ।

बेलुका घरमा नियमित थकान आयो । जवान प्रोफेसर खाना खान लागिन् । म छेउको ल्यापटपमा थिएँ । वर्षौं एकअर्काको संसर्गमा रहेका दुई बीच बुझ्न र बताउन के कुरा बाँकी रहन्छ । फेरि मलाईर् दिनभरको कुरा भन्न र सुन्न मन लाग्दैन । आजकाल उनी पनि म जस्तै भएकी छिन् ।

अर्को दिन दुई थकान घर आयो । चुपचाप खाटका दुई कुना सम्हाल्न बाहेक केही हुन सकेन । अर्को दिनलाई शनिबारले कुरेर बसेको थियो । हामी घुम्न कीर्तिपुरको डाँडामा पुग्यौं । काठमाडौंको डाँडाबाट सहरका घरहरूको स्वाद मिसाउने हो भने सुकुटी र कोक मिठो देखिन्छन् । अझ बियर र सितनको मजा उनमा थियो । ममा नहुने कुरा भएन । उनी कुरा गरिरहिन्, म सुनिरहें । उनीभित्र हप्ताभरका धेरै कुरा सञ्चित थिए । बेलुका उनी मातमा थिइन् । रातको काठमाडौंको जाडोमा रमको तातो हाम्रो अगाडि गिलासमा भरिएको थियो । शरीर तातो हुँदै थियो । उनी ओछ्यानमा निस्फिक्री पल्टिरहेकी थिइन् । उनलाई आफ्नो आकारमा ल्याउन मलाई गाह्रो भएन । उनको बेहोशी मलाईर् आधा पुरुष बनाउन सक्षम थियो । म आँखा चिम्म गर्न लागें । सन्नी लियोनी मलाईर् मजा दिंदै थिई । ऊ पनि मेरो क्रियामा संलग्न थिई । म पूर्ण पुरुष बनें । अर्को क्षणमा अर्को सुन्दर हिरोइनको नग्न शरीर मेरो आँखामा आयो । अनेक आसनहरू मेरा प्यारा बने । आँखा चिम्लँदा संसारभरका सुन्दरी आफ्नो बनाउन सक्छु म । हर कोही जस्तै । हर सुन्दरी जस्तै थिइन् मेरी बुढी ।

यौनको सन्तुष्टिपछि सधैं पल्टने उनी आज खाटमा बसेरै रुन लागिन् । रक्सीले उनको निषेध खुला गरिदिएको थियो । त्यस दिन अरू दिन भन्दा बढी अँगालोमा बाँधियौं हामी । रात निकै काटेपछि निदाइएछ ।

भोलिपल्ट म मन बहलाउन केटाहरूको जमघटमा पुगें । म आएको देखेर सबै अचम्ममा पर्दै थिए । घुम्न रमाउने उनीहरू आजकाल मलाई जमघटमा बिर्सने गर्थे । बियरका बोतलहरू फोरिंदै थिए । केटाहरू आफ्ना यात्राका कुरा सुनाउँदै थिए । म निस्फिक्री रमाउन लागें ।

श्याम, कृष्णलाई इशारा गर्दै भन्दै थियो- ‘पार्क भिलेज गएर आएको । केटीले खुब मन पराइ यार । तिमीहरू पनि जानू । अर्को बच्चाको योजना बनाउन राम्रो ठाउँ छ ।’

कृष्णले मलाई पुलुक्क हेर्‍यो । मेरो मनलाई चसक्क घोचिसकेको थियो ।

‘बच्चा याडप्सन गराउने सोच बनाऊ तिमीहरू’, कृष्ण मलाई हेरेर सान्त्वना दिंदै थियो । उसलाई थाहा थियो एकचोटि बसेको बच्चा बसाल्न निकै प्रयास गर्न परेको थियो । समस्या मसँग छ ।

‘त्यो केटीले मलाई फसाइ यार ।’ हाम्रो संवादलाई कुनै मतलब नराखेर श्याम एक सुरले बोलिरहेको थियो- ‘आजकाल उसँगको यौनमा मजा आउँदैन । के जिन्दगीभर उसको मात्र यौन लिने हो मैले ।’

रक्सीको मातले मातिएको ऊ केही समय चुप लाग्यो । फेरि मौनता सहन नसकेर अनेक सम्भोगका कथाहरू गर्वका साथ सुनाउन लाग्यो । ऊ चुरोट तान्दै भन्दै थियो- ‘चार जना भन्न सक्दिनँ तर यो भन्न सक्छु कि संभोगमा तीन जना अवश्यै संलग्न हुन्छन् ।’ ऊ मलाई अनि सबैलाई एक एक हेर्दै भन्न लाग्यो- ‘तिमीहरूको के छ ?’

माहोल चुप लाग्यो । उसलाई उत्तर फर्काउने कसैले हिम्मत गर्न सकेनन् । शायद सबैको मौन स्वीकृति थियो । शायद चौथो व्यक्ति हुन्छ या हुँदैन थाहा पाउन पुरुष मन डराइरहेको थियो ।

(लेखक धुलिखेल अस्पतालमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?